पर्यटनमन्त्री भट्टराईद्वारा टरिगाउँ विमानस्थलको अनुगमन

४ बर्ष अगाडि

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले दाङको तुलसीपुरस्थित टरिगाउँ विमानस्थलको आज स्थलगत अनुगमन तथा अवलोकन गरेका छन । 

सो क्रममा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले विमानस्थलका बारेमा जानकारी गराउँदै ७५० मिटर लम्बाइ रहेको उक्त विमानस्थललाई एक हजार २०० मिटर बनाउन पर्याप्त जमिन भएकाले यसको स्तरवृद्धि गर्न कुनै कठिनाइ नभएको बताएका छन । 

उनले उक्त विमानस्थल नियमित सञ्चालनमा आएपछि यात्रुको चाप बढेको भन्दै विमानस्थलको स्तरवृद्धि गरेर ठूलो विमान ल्याएमा सहज हुने बताए । टरिगाउँ विमानस्थल वातावरणीय हिसाबले पनि उत्तम रहेको भन्दै उनले अहिले विमानस्थलमा इन्धन डिपो र ब्राउजर आवश्यक रहेको जानकारी दिएका छन  । 

प्रमुख पाण्डेले दाङमात्रै नभई, सल्यान, रुकुमपूर्व, रुकुमपश्चिम, रोल्पा, प्यूठान, जाजरकोट, सुर्खेतलगायतका करिब १० लाख मानिसलाई यो विमानस्थलबाट सेवा प्रवाह गर्न सकिने बताए । 

सो अवसरमा मन्त्री भट्टराईले यस वर्ष टरिगाउँ विमानस्थलको स्तरवृद्धिका लागि बजेट विनियोजन भएको बताए । आगामी वर्ष पनि विमानस्थल विस्तारका लागि बजेट विनियोजन गर्ने प्रतिबद्धता उनले व्यक्त गरे । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया