तीन करोडको लागतमा व्यायामशाला सहितको उद्यान बन्ने

४ बर्ष अगाडि


सूर्योदय नगरपालिकाको केन्द्र फिक्कलमा रु तीन करोड बढीको लागतमा सार्वजनिक व्यायामशालासहितको उद्यान निर्माण गरिने भएको छ ।

सङ्घीय र स्थानीय सरकारको लागत साझेदारीमा उद्यान निर्माण हुन लागिएको हो । 

उद्यान निर्माण गरी सञ्चालन गर्ने विषयमा फक्कलस्थित लोपोन्मुख लाप्चा समुदायको पुरातात्विक गुम्बा फेन्सोङ को संरक्षण र प्रवद्र्धन गर्न नगरपालिकाबीच छलफल भइ सम्झौता पनि भएको छ । उद्यान निर्माणसँगै गुम्बाको मर्मत तथा सम्भार गर्न पुरातात्विक विभागको सल्लाह सुझावअनुसार गरिने नगरप्रमुख रणबहादुर राईले बताए ।

गुम्बा बाहेकका झण्डै १२ रोपनी जग्गामा सार्वजनिक

व्यायामशालासहितको उद्यान निर्माण हुनेछ । सो उद्यानको सञ्चालनको जिम्मा फेन्सोङलाई दिइनेछ । संरचनाको कार्य दुई चरणमा हुनेछ । 

यही माघमा पहिलो चरणको बोलपत्र आह्वान हुनेछ । सूर्योदय नगरपालिकाको तर्फबाट कायममुकायम प्रमुख प्रशासकीय अधिकृत रूद्रनारायण सापकोटा र फेन्सोङ गुम्बाको तर्फबाट अध्यक्ष प्रेमबहादुर लाप्चाले  सम्झौतामा हस्ताक्षर गरेका छन ।

नगरप्रमुख रणबहादुर राई, उपप्रमुख दुर्गादेवी भट्टराई, वडा नं १० का अध्यक्ष पेमाउगेन लामा, कार्यपालिका सदस्य वीरबहादुर लाप्चा, प्रशासकीय अधिकृत सविना चौलागाईं, मानवीर लाप्चालगायतको उपस्थिति थियो । 

सूर्योदय नगरपालिकाले लोपोन्मुख लाप्चा जातिको आस्थाको धरोहर फेन्सोङ गुम्बा क्षेत्रलाई संरक्षण, प्रवद्र्धन गर्ने हेतुले डिपिआर तयार गरी केही दिनमै निर्माण अगाडि बढाइने वडाध्यक्ष पेमा उगेन लामाले बताए ।  

४ बर्ष अगाडि

प्रतिक्रिया