नगरपालिकाबाट हेल्थअसिस्टेण्ट र स्टाफ नर्स कक्षा सञ्चालन

माघ १०, २०७६ | आजको अर्थ
ajaako_artha

निःशुल्क रुपमा १५  हजार ८००  बिरामीको शल्यक्रिया गरी सम्भवतः देशकै  नमूना बन्न  प्रस्तावित चरीकोट अस्पताल सफल भएको छ । चार वर्षका अवधिमा पोसिबल हेल्थ नामक अमेरिकी संस्थाको आर्थिक सहयोगमा न्याय हेल्थ नेपालले दोलखाको सदमुकाम चरीकोटस्थित  प्राथामिक स्वास्थ्य केन्द्रलाई  प्रस्तावित चरीकोट अस्पतालका रुपमा सञ्चालन गर्दै आएको छ । 
 
नागरिकलाई  सहज र सरलरुपमा स्वास्थ्य सेवा प्रदान गर्दै हजारौँको जटिल शल्यक्रियासमेत  गरी देशकै  नमूना बन्न प्रस्तावित अस्पताल सफल भएको भीमेश्वर नगरपालिकाका प्रमुख भरत केसीले बताए ।

नगर प्रमुख केसीले  अस्पतालमा आइसियु, सिटी स्क्यान र एमआरआईको व्यवस्था गरी एक सय शय्याको बनाउन प्रक्रिया अगाडि बढाइएको जानकारी दिए । उनी भन्छ्न, “यो अस्पताललाई मेडिकल कलेज बनाउन नगरपालिकाले काम शुरु गरिसकेको छ  । आगामी वर्षदेखि नगरपालिकाले हेल्थअसिटेण्ट र स्टाफ  नर्स तहका कक्षा सञ्चालन गर्ने योजना बनाएको नगर प्रमुख केसीको भनाइ छ । 

न्याय हेल्थ नेपालका स्वास्थ्य सेवा निर्देशक डा विनोद दङ्गालले चार वर्षमा दुई लाख २८ हजार ३७  बिरामीलाई ओपिडी सेवा दिइएको र १५ हजार ८०७ जनाको शल्यक्रियासहितको उपचार गरिएकामा ९४० गम्भीर प्रकृतिका शल्यक्रिया भएको जानकारी दिए । उनले भने, “चरीकोट अस्पतालले निकै जटिल प्रकृतिका शल्यक्रिया पनि जिल्लामै गर्न सफल भएको छ ।”

अस्पतालका डा हिमसहिल खड्काले ओपिडीमा आएका दुई लाख २८ हजार ३७  बिरामीमध्ये सात हजार ९९० लाई अस्पतालमै भर्ना गरेर उपचार गरिएको बताए । 

चार वर्षका अवधिमा तीन हजार १५५ जनालाई सुरक्षित सुत्केरी गराइएकामा ३९५ जना शल्यक्रियामार्फत सुत्केरी भएको जनाइएको छ ।  अस्पतालमा सो अवधिमा दुई लाख ८१ हजार ७४२ जनाको प्रयोगशाला परीक्षण र चार हजार ५५४ जनाको दाँतको उपचार भएको छ ।

अहिलेसम्म चार हजार ६१६ जनाले अस्पतालमा आएर स्थायी बन्ध्याकरण गराएका छन् ।  अस्पतालले बिरामीको सम्पूर्ण उपचार र औषधि निःशुल्क उपलब्ध गराउँदै आएको छ । 

विभिन्न जटिल तथा सामान्य प्रकृतिका उपचार अस्पतालमा हुने भएपछि आसपासका जिल्लाबाट साथसाथै दुर्गम जिल्लाबाट समेत बिरामी आउने गरेका छन्  । अस्पतालले डिजिटल माध्यम  प्रयोग गरी कागजविहीन प्रणालीसमेत प्रयोेगमा ल्याएको छ जसमा बिरामीको सम्पूर्ण विवरण राखिएको हुन्छ ।

दोलखा र आसपासका जिल्लाबाट आउने बिरामीले संस्थाबाट प्रदान गरिने विभिन्न स्वास्थ्य सेवा निःशुल्क रुपमा लिइरहेका छन् । ठूला शहर गई महंँगा अस्पतालमा खर्च उठाउन नसक्ने गरीब सर्वसाधारणका लागि न्याय हेल्थ नेपाल बिरामीको वरदानका रुपमा नै सावित भएको छ ।
    
संस्थाले तत्कालै नगरपालिकाको सहयोगमा ‘हाइ डिपेन्डेन्सी युनिट’ पनि सञ्चालनमा ल्याउने भएको छ । 


अस्पतालले यसै सालदेखि एचआइभी एड्सका बिरामीका लागि पनि निःशुल्क औषधि वितरण गर्ने गरी एआरटी सेण्टर सञ्चालनमा ल्याएको छ । न्याय हेल्थ नेपालले प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पतालका रुपमा सञ्चालन गर्दा चार वर्षमा रु ४० करोड खर्च गरिएको जनाएको छ । 

भूकम्पले ध्वस्त बनाएका दोलखाका विभिन्न स्वास्थ्यचौकीको पुनःनिर्माण, अस्पताल सञ्चालन र सामुदायिक स्वास्थ्य कार्यक्रममा खर्च भएको न्याय हेल्थ नेपालका वरिष्ठ लेखा अधिकृत गोपी श्रेष्ठले जानकारी दिए । 

 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar११४.३८११४.९८
European Euro१२३.५२१२४.१७
UK Pound Sterling१४७.७४१४८.५१
Swiss Franc११६.४३११७.०४
Australian Dollar७५.४४७५.८४
Canadian Dollar८६.२३८६.६८
Singapore Dollar८१.६५८२.०८