पाँचखाल  मोतियाविन्दु मुक्त बन्दै

४ बर्ष अगाडि

पाँचखालको समाजकल्याण प्राथमिक विद्यालयमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा ३९३ स्थानीय बासिन्दाले स्वास्थ्य जाँच गराएका छन् 

पाँचखाल नगरपालिकाको समन्वयमा नेपाल पाकिस्तानमैत्री सांस्कृतिक सङ्घको आयोजनामा शनिबार सम्पन्न भएको शिविरमा पाकिस्तानमा अध्ययन गरेर फर्किएका आठ चिकित्सकले सेवा प्रदान गरेका थिए ।

नेपालस्थित पाकिस्तानी राजदूत डा मजर जावेद, पाँचखाल नगरका प्रमुख महेश खरेल र नेपाल पाकिस्तानमैत्री सांस्कृतिक सङ्घका अध्यक्ष हिमालयनशम्सेर राणाले संयुक्तरूपमा उद्घाटन गर्नुभएको थियो । 

 यसैबीच युवा व्यवसायी एवं नेपाल आँखा अस्पताल शाखा सञ्चालक कल्याण ढुङ्गानाले पाँचखाल–४ समाजकल्याणचोकमा आँखा उपचार केन्द्र स्थापना गरी सेवा दिन थालेका हुन । 

 नगरप्रमुख खरेलले केन्द्रको शुभारम्भ गर्नुहुँदै विदेश तथा शहरमा रहेका युवा गाउँमा फर्केर  व्यवसाय र सेवामा लाग्न जरुरी रहेको बताए । 

समृद्ध पाँचखाल नगर बनाउन सबैको साथ आवश्यक रहेको उल्लेख गर्नुहुँदै उनले नगरपालिकाले मोतियाविन्दु मुक्त नगर बनाउने अभियानमा आँखा उपचार केन्द्र स्थापना गरेर नगरलाई सहयोग पुग्ने बताए ।  

नगर उपप्रमुख लक्ष्मी दनुवार र प्रवक्ता एवं वडा नं ८ का अध्यक्ष सञ्जय तामाङले स्वास्थ्य क्षेत्रमा नगरले प्राथमिता दिएको बताए। 
 

४ बर्ष अगाडि

प्रतिक्रिया