ह्वात्तै बढ्यो सहकारी बैंकको नाफा, निक्षेपमा पनि छलाङ

४ बर्ष अगाडि

काठमाडौं – राष्ट्रिय सहकारी बैंकले चालु आर्थिक बर्षको पुससम्ममा रू. २७ करोड ५० लाख ४३ हजार नाफा कमाएको छ । यो गत आवको सोही भन्दा ७९.०७ प्रतिशतले बढी हो । गत आवको सो अवधीमा बैंकले रू. १५ करोड ५३ लाख ९३ हजार खुद नाफा कमाएको थियो । 
बैंकले हालै सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमासको वित्तिय विवरणले यस्तो देखाएको हो । वित्तिय विवरणअनुसार बैंकले समिक्षा अधवीमा रू. १ अर्ब ७४ करोड ६१ लाख कुल व्याज आम्दानी गरेको छ । 
यस्तै, बैंकले हालसम्म रू. ३० अर्ब ४८ करोड ३० लाख निक्षेप संकलन गरेको छ । गत आवको सो अवधीमा बैंकले रू. १८ अर्ब ३७ करोड ३६ लाख निक्षेप संकलन गरेको थियो । यसैगरि, बैंकले रू. २० अर्ब ६६ करोड ९३ लाख कर्जा प्रवाह गरेको छ । यस्तै, रू. ६ अर्ब ६६ करोड १ लाख बिभिन्न क्षेत्रमा लगानी रहेको देखिन्छ । बैंकको निष्क्रिय कर्जा १.२० प्रतिशत मात्र रहेको छ । 
हाल बैंकको जगेडा कोषमा रू. ७७ करोड ४५ लाख ७५ हजार पैसाा जम्मा भएको छ । यस्तै, चुक्तापुँजी भने रू. १ अर्ब ९० करोड ८० लाख २५ हजार रहेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया