मितेरी डेभलपमेन्टमा नाफा १९ प्रतिशतले बढ्यो

४ बर्ष अगाडि

मितेरी डेभलपमेन्ट बैंकको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा १९ प्रतिशतले बढे्को छ । बैंकको नाफा अघिल्लो वर्षको यसै अवधीको तुलानामा १ करोड ६५ लाखले बढे्को हो ।

गत आवको दोस्रो त्रैमासमा ६ करोड ६९ लाख खुद नाफा कमाएको बैंकले चालु आवको दोस्रो त्रैमासमा ८ करोड ३५ लाख खुद नाफा कमाएको छ ।

त्यस्तै बैंकले आफ्नो खुद ब्याज आमदानी पनि बढाएको छ । अघिल्लो वर्षको तुलानाका बैंकले ५८ लाख ८५ हजार रुपेयाँ बढाएर १३ करोड ४४ लाख खुद नाफा आर्जन गरेको छ । त्यस्तै बैंकले चालु आवमा ११ करोड ९२ लाख रुपैयाँ सञ्चालन मुनाफा कमाएको छ भने बैंकको प्रति शेयर आम्दानी १.७९ ले बढे्र २८.५५ पैसा पुगेको छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया