अरुण तेस्रो जलबिद्युत आयोजनामा बम बिस्फोट

४ बर्ष अगाडि

 संखुवासभाको निर्माणाधीन जलबिद्युत आयोजना अरुण तेस्रोको कार्यालयमा शक्तिशाली बम बिस्फोट भएको छ । गएराति ११ बजेतिर ठुलो आवाजसहित बिस्फोटको आवाज आएको स्थानीयले जनाएका छन ।,

जिल्लाको मकालु गाउँपालिका वडा नम्बर ५ र चिचिला गाउँपालिकाको वडा नम्बर ३ मा रहेको निर्माणाधीन आयोजनामा बम बिस्फोट भएको हो । 

बिस्फोटबाट केकति क्षति भएको छ भन्ने विषयमा केहि पनि जानकारी प्राप्त हुन सकेको छैन । यता जिल्ला प्रहरी कार्यालय संखुवासभाले विस्फोटनको खबर आएलगत्तै घटनास्थलका लागि प्रहरी टोलि हिडेको जनाएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया