बैंक तथा वित्तीय संस्थामा २८ खर्ब २६ अर्ब निक्षेप

५ बर्ष अगाडि

काठमाडौं–बैंक तथा वित्तीय संस्थामा आर्थिक वर्ष २०७४÷०७५ असार मसान्तसम्म २८ खर्ब ३६ अर्ब ६५ करोड रुपैयाँ निक्षेप पुगेको छ । यो वर्ष ४ खर्ब ६१ अर्ब रुपैयाँ थपिएर  २८ खर्ब रुपैयाँ पुगेको हो । यो अघिल्लो वर्षको तुलनामा १९.४ प्रतिशतको बृद्धि हो ।  अघिल्लो वर्ष २३ खर्ब ७५ अर्ब रुपैयाँ निक्षेप रहेको थियो । 
व्यक्तिगत निक्षेप १५ खर्ब २५ अर्ब २७ करोड रुपैयाँ छ भने इन्सुरेन्स कम्पनी, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र अन्य संस्थाको गरेर ४ खर्ब ५० अर्ब ९२ करोड रुपैयाँ निक्षेप रहेको नेपाल राष्ट्र बैकले जनाएको छ । 
जसमा बीमा कम्पनीहरुको एक खर्ब ७ अर्ब ६२ करोड रुपैयाँ, नागरिक लगानी कोषको ६ अर्ब ४९ करोड रुपैयाँ, कर्मचारी सञ्चय कोषको ५२ अर्ब ० करोड रुपैया र अन्य संस्थाको एक खर्ब ४१ अर्ब ९ करोड रुपैयाँ निक्षेप रहेको छ । 
सरकारी कर्पोरेसनको २ खर्ब ५५ अर्ब, गैरसरकारी कर्पोरेसनको २ खर्ब ४४ अर्ब ३८ करोड, अन्तरबैंक निक्षेप ९४ अर्ब ५४ करोड रुपैयाँ निक्षेप बैंक तथा बित्तिय संस्थामा रहेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया