ज्योति लाईफको खुद विमा शुल्क १३६ प्रतिशतले बढ्यो, नयाँ–नयाँ बीमा योजनाले लोकप्रिय बन्दै

४ बर्ष अगाडि

ज्योति लाईफ इन्स्योरेन्स कम्पनीले चालु आवको दोस्रो त्रैमासमा खुद विमा शुल्क १३६ प्रतिशतले बढे्को छ ।

यस अवधीमा कम्पनीले २२ करोड ५४ लाख रुपैयाँ बराबरको विमा शुल्क उठाएको हो । ज्योति लाईफले कम्पनी संचालनमा आएको करिब ३ वर्ष पुरा नहुँदै जीवन बीमा क्षेत्रमा बलियो उपस्थिति जनाउँदै आएको छ ।

कम्पनीले चालु आवको दोस्रो त्रैमासमा नाफामा पनि सुधार ल्याएको छ । कम्पनीले गत आवको यसै अवधीको तुलानामा ४४ लाख ३७ हजार रुपैयाँ बराबरको नाफा बढाएर ६ करोड ८९ लाख नाफा आर्जन गरेको छ ।त्यस्तै, कम्पनीले दिर्घकालिन तथा अल्पकालिन लगानीमा क्रमशः २७ प्रतिशत र २७९ प्रतिशतले वृद्धी गरेको छ । 

समिक्षा अवधीमा कम्पनीले २ अर्ब ४६ करोड ३० लाख बराबरको लगानी तथा कर्जा प्रवाह गरेको छ ।त्यस्तै, कम्पनीले लगानी कर्जा तथा अन्य क्षेत्रबाट हुने आम्दानीमा ३ करोड ७१ लाख बराबरको वृद्धी गरेको छ  ।  

कम्पनीको व्यवसाय तथा लगानी वृद्धी, संचालन खर्चमा सन्तुलन लगायतको कारणले कम्पनीले दोस्रो त्रैमासमा जगेडा कोषमा समेत ९५ प्रतिशतले वृद्धी भइ रु.३३.४६ करोड कायम हुन गएकोदेखिन्छ भने जिवन बीमा कोषमा २६७ प्रतिशतल वृद्धी भइ रु. १.२१ अर्ब रहेको देखिन्छ । 

सञ्चालनमा आएको थोरै समयमै ल्याएको नयाँ नयाँ बीमा योजनाहरुले ज्योति लाईफ इन्स्योरेन्सका बीमितहरुले अधिकतम लाभ पाइरहेका छन् ।कम्पनीले ल्याएको बीमा योजना मध्यको हालसम्मकै सर्वाधिक ३५ वटा घातक रोगहरु विरुद्ध रु. ५० लाख सम्मको उपचार सुविधा रहेको छ । 

त्यस्तै, कम्पनीले  अनलाइन मार्फत नवीकरण शुल्क तिर्ने व्यवस्था लगायत प्रविधिहरु संचालनमा ल्याएको छ भने पछिल्लो पटक संचालनमा आएका कम्पनीहरु मध्ये बीमितले पाउने बोनस दर पनि ज्योति लाईफको नै सबै भन्दा बढी रहेको छ ।


 

४ बर्ष अगाडि

प्रतिक्रिया