दोहोरो अंकले बढ्यो नेप्से, पुन: १३०० को बिन्दुमा परिसूचक

४ बर्ष अगाडि

साताको दोस्रो कारोबारका दिन नेप्से परिसूचक दोहोरो अंकले उकालो लागेको छ ।

हिजो नेप्से २१ अंकको हारहारीमा ओरालो लागेको थियो ।

गत साता ओरालो यात्रामा रहेको परिसूचक आज भने २३ अंकले वृद्धी भएर पुन: १३०० को विन्दुमा फर्केको छ ।

आज १२७६.६५ को बिन्दुबाट शेयर कारोबार सुरु भएको थियो भने अन्तिम समय सम्म आउदाँ त्यो बिन्दु २३.९५ अंकले बढे्र १३००.६२ को बिन्दुमा पुगेको छ ।

आज  १२७६.६५ को बिन्दुबाट सुरु भएको कारोबार अन्तिम अवधी सम्म आउँदा त्यो परिसुचक १.८८ प्रतिशतले बढृेको छ । त्यस्तै, आज कारोबारमा आएका १२ उपसमूह मध्य सबै उपसमूह  बढे्का छन् ।

त्यस्तै, आज कारोबारमा आएका १८० कम्पनीको २४ लाख ९  हजार कित्ता शेयर किन बेच हुदाँ ९१ करोड ७३ लाख बराबरको कारोबार भएको छ ।

आज कारोबारमा आएका १८० कम्पनी हरु मध्य सबै भन्दा धेरै नेपाल लाईफ इन्सुरेन्स को ८ करोड बराबरको कारोबार भएको छ भने ग्लोबल आईएमइ बैंकको ५ करोड बराबरको कारोबार भएको छ ।
 
 

४ बर्ष अगाडि

प्रतिक्रिया