सगरमाथा सिमेण्टमा माटो, उत्पादनमा प्रतिवन्ध

४ बर्ष अगाडि

माटो मिसाएर बेचेको फेला परेपछि गुणस्तर तथा नापतौल विभागले सगरमाथा सिमेण्टको उत्पादनमा रोक लगाएको छ । 

उत्पादनमा चरम लापरवाही गरेको फेला परेपछि तीन महिनाका लागि उत्पादनमा रोक लागाएको विभागले जनाएको छ । 

घोराही सिमेण्ट प्रालीबाट उत्पादन भएको उक्त सिमेण्टले ५३ ग्रेडको दावी गर्दै आएको छ । 

आफ्नो उत्पादन भूकम्पबाट सुरक्षीत हुन संरचना निर्माण गर्न ‘अडिग र उच्च’ भन्दै प्रचार गरेको सिमेण्टले बिक्री गर्ने बेला भने माटो मिसाएर बिक्री गर्ने गरेको फेला परेको हो । 

उत्पादनमा चरम लापारवाही भेटिएकोले उत्पादनमा प्रतिवन्ध लगाएको विभागको भनाई छ । 

सिमेण्ट उद्याेगमा प्रतिनिधि भने कार्यालय समय बाहेक अन्य समयमा आधिकारिक धारणा राख्न नमिल्ने भन्दै केही प्रतिकृया दिन मान्दैनन् । 

 

४ बर्ष अगाडि

प्रतिक्रिया