कृषि विकास बैंकको  ऋणपत्रमा आजबाट आवेदन  खुला

४ बर्ष अगाडि

कृषि विकास बैंकले जारी गरेको ऋणपत्रमा आजबाट आवेदन दिन सकिनेछ ।

बैंकले एक हजार रुपैयाँ अंकित दरको   २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्रमा आजबाट आवेदन खुला गरेको हो ।

उक्त ऋणपत्र ७ वर्ष भुक्तानी अवधि भएको र वार्षिक १०.३५ प्रतिशत ब्याजदर अर्धवार्षिक रूपमा भुक्तानी गर्ने गरी  ऋणपत्र  निष्काशन गरिएको छ ।

उक्त ऋणपत्रको बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

त्यस्तै,  यस ऋणपत्रमा छिटोमा माघ १७ गते तथा ढिलोमा फागुन १४ गते सम्म आवेदन दिन सकिनेछ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया