प्राधिकरणको आधिकारिक ट्रड यूनियनले भन्यो कुलमानको नाममा लुटपाट बढ्यो

४ बर्ष अगाडि

काठमाडौं – नेपाल विद्युत प्राधिकरणमा कार्यकारी निर्देशक कुलमान घिसिङको नाममा केही व्यक्तिले चरम लुटपाट गरिरहेको आरोप लागेको छ । त्यो आरोप लगाउने अरु कोही नभएर सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकटको आधिकारिक टे«ड यूनियन हो ।

लोडसेडिङ घटाएको तथा विद्युत् व्यवस्थापनमा सकारात्मक काम गरेर वाह बाही   कमाएका कुलमानको नाम लिएर केही उच्च पदस्थ कर्मचारीले चरम लुटपाट चलाएको पाइएको छ । आधिकारीक टे«ड यूनियनले कर्मचारी सरुवा बढुवामा लुटपाट गरेको पाइएको छ ।

आधिकारिक ट्रेड युनियन कर्मचारी संगठनले कार्यकारी निर्देशक घिसिङ तथा व्यवस्थापन विरुद्ध आन्दोलनको घोषणा समेत गरेको छ । आधिकारिक ट्रेड युनियनको भूमिका खुम्च्याउन खोजेको र व्यवस्थापनसँग भएको समझदारी बेवास्ता गरेको भन्दै आन्दोलनको घोषणा गरेको जनाएको छ ।

सत्ता साझेदार दल नेकपा निकटसमेत रहेको कर्मचारी युनियनले आफूले रचनात्मक सहयोग गर्दागर्दै व्यवस्थापनले पेल्ने काम गरेको आरोप लगाएको छ ।

मानवीय पक्षलाई समेत ख्याल नगरी कर्मचारीहरूको सरुवा गर्ने र आफू निकटकालाई राम्रो ठाउँमा सार्ने तथा बढुवा गर्ने व्यवस्थापनमा निरंकुश शैली बढिरहेको आरोप छ । युनियनले उनीविरुद्ध आजैदेखि भण्डाफोर सुरु गरेको जनाएको छ ।

युनियनका अध्यक्ष रामेश्वर पौडेलले  ग्राहकहरूको हितका लागि सञ्चालन गरिएको अभियानलाई सहयोग गरिएको, विनियमावलीविपरित बिनाप्रतिस्पर्धा खरिद गर्ने काम भएको, कार्यालयमा बसेर ठेक्कापट्टा र अनियमिततामा रमाउने काम भएको, खबरदारी गर्ने कर्मचारीलाई कालोसूचीमा राखेर हतोत्साहित गर्ने काम भएको जस्ता आरोप लगाएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया