नेप्से परिसूचक ५ अंकले उकालो लाग्यो, १ अर्ब ४० करोड बराबरको कारोबार

४ बर्ष अगाडि

आज कारोबारको तेस्रो दिन नेप्से परिसूचक ५.५२ अंकले उकालो लागेको छ ।

साताको पहिलो दिन २१ अंकको हारहारीमा ओरालो लागेको नेप्से हिजोबाट पुन उकालो लाग्न थालेको हो ।

आज १३००.६२ को बिन्दुबाट शेयर कारोबार सुरु भएको थियो भने अन्तिम समय सम्म आउदाँ त्यो बिन्दु ५.५२ अंकले बढे्र १३०६.१५ को बिन्दुमा पुगेको छ ।

आज १३००.६२ को बिन्दुबाट सुरु भएको कारोबार अन्तिम अवधी सम्म आउँदा त्यो परिसुचक ०.४२ प्रतिशतले बढेको छ । त्यस्तै, आज कारोबारमा आएका १२ उपसमूह मध्य ८ उपसमूह  बढे्का छन् भने बाँकी ४ उनसमूह घट्का छन् ।

त्यस्तै, आज कारोबारमा आएका १७८ कम्पनीको ३७ लाख ३९ हजार कित्ता शेयर किन बेच हुदाँ १ अर्ब ४० करोड  बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आज कारोबारमा आएका १७८ कम्पनी हरु मध्य सबै भन्दा धेरै ग्लोबल आईएमइ बैंकको ९ करोड ९५ लाख बराबरको कारोबार भएको छ भने नेपाल लाईफ इन्सुरेन्सको ६ करोड ९९ लाख बराबरको कारोबार भएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया