ऊर्जा मन्त्रालयका योजना एउटै ठेकेदारलाई ४७ आयोजना, कहिल्यै हुँदैन काम

५ बर्ष अगाडि

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले काम नगर्ने तर पटक पटक ठेक्का पाउने प्रवृत्तिको राज के हो भनेर मन्त्रालय मातहतका निकायका प्रमुख तथा प्रतिनिधिलाई प्रश्न गरेका छन् ।

एउटै व्यक्तिले मन्त्रालय मातहतको आयोजनामा ४७ वटा सम्म ठेक्का पाएको भन्ने गुनासो आएपछि मन्त्री पुनले उक्त प्रश्न गरेका हुन् ।

समयमा काम नहुने, आयोजना अलपत्र पर्ने, कुनै पनि आयोजनाको काम समयमा नसकिने तर त्यही व्यक्ति , त्यही संस्था वा त्यही निकायले पटक पटक ठेक्का पाउने  किन हुन्छ ? मन्त्री पुनको प्रश्न थियो ।  

विशेष गी लो बिडिङ गर्ने, पछि समय समेत थप गनेृ, लागत समेत थप गराउने प्रवृत्ति ऊर्जा मन्त्रालय मातहतका आयोजनामा देखिएका छन् । अधिकाशं आयोजना समस्यामा परेका छन् । कोही कसैले जिम्मेवारी लिने अवस्था छैन । एउटाले अर्कोलाई देखाएको छ , अर्कोले अर्कोलाई देखाएको छ, यसरी पनि काम होला त ? मन्त्री पुनले पटक पटक मन्त्रालय मातहतका कर्मचारीलाई सोधे ।

उनले  दबाब र प्रभावका आधारमा परियोजना छनोट हुने दिन गएको बताए।  ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयको वार्षिक समीक्षा तथा मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठकमा ऊर्जामन्त्री पुनले अब् प्राथमिकताका आधारमा मात्र परियोजना छनोट हुने बताएका उल्लेख गरे ।

मन्त्री पुनको पटक पटकको प्रश्न पछि उत्तर दिने निकाय पूर्णत मौन बसे ।

किनकी हरेक आयोजना समस्यामा छन् । हरेक आयोजनामा काम भएको छैन, पटक पटक ठेक्काको समयावधी थपिएको छ ।

कुलेखानी तस्रो जलविद्युत् आयोजना निर्माण सुरु भएको दश वर्ष भयो । सात पटक त आयोजनाको म्याद थपिएको छ ।

यस्तै प्रसारण लाइनको अवस्था उस्तै छ । ४५ वटा प्रसारण लाइन निर्माणको क्रममा छन । ती रणनीतिक महत्वका आयोजना हुन् । तर विगतमा राजनीतिक प्रभाव तथा अन्य विभिन्न दबाबका कारण पनि आयोजनाको म्याद पटक पटक थपियो, उनीहरुलाई कुनै कारवाही भएन ।

धेरै जसो स्थानमा वन क्षेत्रको जग्गा प्रयोगको विषयमा रहेको विवाद सल्ट्याउन भन्दा पनि आयोजना प्रमुखले नै समसया खडा गर्ने गरेको गुनासो पनि आएको छ ।

पूर्व पीश्चम राजमार्गको समानान्तर रुपमा मिर्नाण भइरहेको प्रसारण लाइनको अवस्था आयोजना प्रमुखका कारण नै समस्यामा परेको छ ।

कतिपय स्थानमा आयोजना प्रमुखले सहजीकरण गरेर समाधान हुने समस्याको समेत कुनै खोजी गरिएको छैन । माथि नै मुख ताकेर आफूले गर्न सक्ने काम समेत हुन सकेको छैन ।

राजनीतिक स्थिरता कायम भएपछि समस्याको समाधान हुन्छ भनेर बसेका समेत सरकारको पछिल्लो ६ महिनाको काम गर्ने शैलीका कारण निराश भएका छन् ।

मन्त्री पुनले भने काम भएको छ, छैन भनेर अनुुगमन गर्नुहोस के प्रगति भइरहेको छ । त्यसको जानकारी दिनुहोस,’ मन्त्री पुुनले भने । तर मन्त्रालय मातहतका कर्मचारीसँग कुनै जवाफ छैन, उनीहरु कुनै पनि जवाफ दिने अवस्थामा थिएनन् वा बोल्नै चाहँदैनन् ।  मन्त्री पुुनले तोकिएको मितिमै आयोजना सम्पन्न नगर्नेलाई फेरि टेन्डर नदिन पनि निर्देशन दिए । ‘जसले आयोजना बनाउदैन, त्यसैलाई फेरि फेरि टेण्डर दिनुहुन्छ। अब त्यस्तालाई आयोजना नदिनुहोस्। त्यसका लागि एउटा निश्चित कार्यविधि बनाऔं। काम गर्ने शैली परिवर्तन गरौ । 

५ बर्ष अगाडि

प्रतिक्रिया