बैंकले दिएन कृषि कर्जा , किसान मारमा कहिले पाउने राहत

५ बर्ष अगाडि

काठमाडौँ । पाँचथर फिदिम बजारमा लामो सयमदेखि व्यवसाय गर्दै आएका भरत अधिकारीले दुग्ध प्रशोधन केन्द्र सञ्चालन गर्नका लागि कृषि कर्जा लिन बैंक धाएको झण्डै डेढ वर्ष हुनथाल्यो, तर अहिलेसम्म उनले  कुनै पनि बैंकबाट कर्जा पाउन सकेको छैन् ।

उहाँ मात्र होइन्, उहाँजस्तै बैंकबाट कर्जा नपाएर कृषिजन्य व्यवसाय गर्न नपाएको धैरै छन् । स्थानीय तीर्थ मिश्र, उदय तिम्सिना र इन्द्र गुरुङले पनि संयुक्त लगानीमा दुग्ध प्रशोधन केन्द्र सञ्चालनका लागि कृषि कर्जा लिन सिविल बैंक धाएको डेढ वर्षभन्दा बढी भइसक्यो तर पनि कर्जा पाउन सकेको छैन् ।

दुग्ध प्रशोधन केन्द्र सञ्चालनका लागि झण्डै रु एक करोड ३१ लाख लाग्दो रहेछ तर व्यक्तिगत लगानीमा त्यो सम्भव छैन् । त्यसैले सरल ब्याजका लागि अर्थात ५ प्रतिशतमा मात्रै उपलब्ध हुने कृषि कर्जाका लागि फिदिम बजारमा रहेको सिविल बैंक धाएको डेढ वर्ष बितिसक्दा पनि कर्जा पाउन नसकेको गुनासो उनीहरूको छ ।

“झण्डै पाँच वर्ष अघिदेखि आफूले फिदिम– ३ स्थित पौवाभञ्ज्याङमा डेरी तथा चिज उत्पादन केन्द्र प्रालि सञ्चालन गरेका छौं, त्यही केन्द्रलाई व्यवस्थित गर्दै यसलाई प्रशोधन केन्द्रमा रुपान्तरण गर्ने र त्यसबाट दूध प्याकेजिङ गरेर बजारमा लैजाने उद्देश्य राखेर प्रशोधन केन्द्र सञ्चालन गर्न लागेका हौँ”, अधिकारीले भने  “बैंकले कहिले कृषि कर्जामा नीतिगत कार्यान्वयनको अभाव तथा जोखिम बहन गर्न नसक्ने बहाना देखाउँदै पन्छिने गरेको छ ।

तरलताको अभावलगायत विभिन्न बहानामा बैंकहरूले कृषि कर्जा दिन मानिरहेका छैनन्, उनको े भनाई छ । बैंकले कूल लगानीको २० प्रतिशत कृषि क्षेत्रमा लगानी गर्नुपर्ने नीति छ । तर सदरमुकाम फिदिममा अहिले डेढ दर्जन बढी सरकारी तथा वाणिज्य बैंक र वित्तीय संस्था भए पनि थोरैले मात्र २० प्रतिशत कृषि क्षेत्रमा लगानी गरेका छन् ।

कृषि क्षेत्रमा लगानी गर्ने भने पनि बैंकले कृषि कर्जाअन्तर्गत भनेर ट्र्याक्टर र पिकअप खरिदका लागि ऋण दिने गरेका छन्, स्थानीय तीर्थ मिश्रले भने  “सरकारले कृषकलाई सरल रुपमा कृषि कर्जा दिने भनेर नीति त बनाउँछ, तर त्यो नीति बैंकले पालना गरेको पाइँदैन्, यसका लागि राष्ट्र बैंकले कडाइका साथ सुपरिवेक्षण गर्नुपर्ने हुन्छ ।”

यस्तै लामो समयदेखि अलैँचीखेती गर्दै आउनुभएका पाँचथर फाल्गुनन्द गाउँपालिकास्थित आङसराङका कृषक गणेश मिश्रले अलैँची खेती विस्तारका लागि कृषि कर्जा लिन धेरैवटा बैंक धाए तर अन्तिममा कृषि विकाश बैंक फिदीम शाखाबाट रु पाँच लाख ऋण लिए बताए । । त्यो सरलीकृत नभई १० प्रतिशत ब्याजमा कर्जा लिए, उनले भने “धेरै बैंक चाहारियो, तर कृषिमा र त्यसमाथि पनि अलैँची खेती विस्तारका लागि बैंकहरूले पत्याउँदै पत्याएन ।”

उनले  अलैँची तथा अलै्रची बिरुवाको बिक्रीबाट वार्षिक रु १० लाखभन्दा बढी आम्दानी गर्दै आएका छन् ।  

 सरल ब्याजमा ऋण प्रवाह गर्नुपर्ने भए पनि कुनै पनि बैंकले सरल रुपमा ऋण प्रवाह नगरेको नेपाल अलैँची व्यवसायी महासङ्घ पाँचथरका जिल्ला अध्यक्ष खेम अधिकारीले बताए । उनले भने  “कृषकले अलैँची खेतीको विस्तार, प्रर्वद्धन र विभिन्न प्रजातिको बिरुवा रोपनका लागि रकम लगानी गरेर काम गर्न खोजी रहे पनि बैंकले अलैँची खेतीमा कर्जा प्रवाह गर्न सकेको छैन ।” सरल रुपमा कृषि कर्जा उपलब्ध गराउनुपर्ने राष्ट्र बैंकको नीतिअनुरुप यहाँका बैंकले उपलब्ध गराउनुपर्ने उनको े भनाइ छ ।

अहिलेसम्म अलैँची खेतीको लगानी गर्न भनेर कृषकलाई बैंकले ऋण दिए पनि बजारमा चलेकै १ देखि १५ प्रतिशत ब्याजदरमा मात्रै ऋण दिएको जनाए । राष्ट्र बैंककले बनाएको नीतिअनुसार कृषि कर्जाका लागि सरल ब्याजमा कृषकलाई लगानी गर्नुपर्ने उनको भनाइ छ ।

यस्तै राष्ट्रिय कृषक समूह महासङ्घ पाँचथरका अध्यक्ष गणेश पोखे्रलले पटकपटक विभिन्न बैंकलाई सरल ब्याजमा ऋण प्रवाह गर्न आग्रह गरे पनि यसतर्फ कुनै कारवाही हुन सकेको छैन् ।

नेपाल अलैँची व्यवसायी महासङ्घका केन्द्रीय उपाध्यक्ष दीपक नेपालले अहिले पनि बैंकले कृषकलाई सरल ब्याजदरमा बनेको नीतिअनुसार ऋण प्रवाह गर्नुपर्नेमा जोड दिदैं यो नीतिको प्रभावकारी कार्यान्वयनमा सम्बन्धीत निकाय गम्भीर हुनुपर्ने बताए ।

उद्योग वाणिज्य सङ्घ पाँचथरका जिल्ला अध्यक्ष मित्रप्रसाद काफ्लेले कृषि क्षेत्रअन्तर्गत जिल्लामा बढी उत्पादन हुने अलैँची, अदुवा, चिया, दूधलगायतका क्षेत्रमा लगानी बढाउन बैंकहरू गम्भीर हुनुपर्नेमा जोड दिनुभयो ।

तर बैंकले कृषि कर्जा उपलब्ध गराइरहेको दाबी गरेका छन् । अहिले फिदिम– १ स्थित मेनलाइनमा रहेको गुडबिल फाइनान्सले मात्रै कूल लगानीको ७ प्रतिशत कृषि क्षेत्रमा लगानी गरेको दाबी गरेको छ । फाइनान्सका शाखा प्रमुख विक्रम तिवारीले भने  “अहिले हामीले फिदिम बजारका व्यवसायीलाई भन्दा पनि गाउँका कृषकलाई बढी ऋण प्रवाह गरिरहेका छौँ ।” उनले गाउँमा अलैँची, अदुवा, कुखुरा, बाख्रा र पशुपालनमा ७ प्रतिशत लगानी गरेका छौँ ।” नेपाल राष्ट्र बैंकको प्रभावकारी सुपरीवेक्षण नहुँदा पनि कृषि क्षेत्रमा बैंकले लगानी गर्न डराइरहेकोे उनको  ठम्याइ छ । यसका लागि राष्ट्र बैंकले नै बनाएको नीतिलाई कडाइका साथ कार्यान्वयन गर्नुपर्दछ ।

 अहिले बैंकहरूले ऋण नदिनुमा राष्ट्र बैंकको सुपरीवेक्षणका अलावा भौगोलिक विकटता, सडकको असुविधा, सम्बन्धित क्षेत्रमा बैंकको पर्याप्त ज्ञान नहुनु तथा कृषकको समेत बैंकमा पहुँच नहुनु जस्ता कारण रहेको उहाँ उल्लेख गरे ।

सिभिल बैंक शाखा कार्यालय फिदिमका प्रमुख धु्रव बाँस्कोटाले सिभिल बैंकले कृषि क्षेत्रमा गर्नुपर्ने लगानी गरेको दाबी गर्नुहुन्छ । बैंकले कृषि तथा ऊर्जा क्षेत्रमा गर्नुपर्ने २० प्रतिशत लगानी गरेको उनको भनाइ छ । उहाँले भन्नुभयो, “सरलीकृत रुपमा ऋण प्रवाह गर्न नसके पनि बजारमा चल्ती रहेको ब्याजदरका आधारमा कृषकलाई ऋण प्रवाह गरिरहेका छांै ।” अहिले कृषकले १२ देखि १४ प्रतिशतसम्म ब्याजदरमा ऋण लिएर कृषि क्षेत्रमा लगानी गर्नुभएको उनले बताए ।  तर अलैँची, अदुवा, दूधका क्षेत्रमा मात्रै नभएर कृषि, पशुपालन लगायतका क्षेत्रमासमेत आफूहरूले लगानी गरिरहेको दाबी प्रमुख बाँस्कटाको छ ।

 कृषि विकास बैंकले पनि कूल लगानीको ३३ प्रतिशत रकम कृषि तथा उर्जा क्षेत्रमा लगानी गरेको जनाएको छ । बैंकका शाखा प्रमुख अर्जुन ढुङ्गानाले भने  “कृषि तथा ऊर्जा क्षेत्रमा बैंकले २० प्रतिशत लगानी गर्दा पुग्ने भए पनि ३३ प्रतिशतसम्म लगानी गरेको छ ।”

कृषि लगानीतर्फ सरलकृषि कर्जामा व्यक्तिगत रुपमा कृषकलाई रु १० लाखसम्म लगानी गरेको बताउँदै उहाँले भन्नुभयो, “सरलीकृत ब्याजअन्तर्गत कृषकलाई रु एक करोडसम्म रकम उपलब्ध गराएका छौँ ।” अलैँची, अदुवाको भाउमा उत्तारचढाव भइरहने हुँदा यस्तो क्षेत्रमा धेरै लगानी गर्न नसकिएको उनले  बताए । 

५ बर्ष अगाडि

प्रतिक्रिया