‘स्मार्ट पुरुष’ कस्तालाई भन्ने ?

४ बर्ष अगाडि

पुरुषको के चीज त्यस्तो हुन्छ, जो महिलालाई आकर्षक लाग्छ । शारीरिक बनावट या चरित्र ? या उनीहरुको ड्यासिङ लूक, मुस्कान अथवा पूरै व्यक्तित्वले उनीहरुलाई आकर्षक बनाउँछ ?

वास्तममा पुरुषमा के देखेर महिलाहरु आकर्षित हुन्छन् ? शारीरिक बनावट या चरित्र ? कुन महत्वपूर्ण हुन्छ ? विषय जति जटिल छ उत्तिकै रोचक पनि छ । धेरै अध्ययन र शोधले यसमा आफ्नो आफ्नो निष्कर्श निकालिसकेका छन् ।

बौद्धिक प्रवृत्ति महत्वपूर्ण
३ हजार महिलाहरुमा गरिएको एक अध्ययनबाट यो पत्ता लाग्यो कि ७५ प्रतिशत महिला ती पुरषप्रति आकर्षित हुन्छन्, जो टेक्नोलोजी (प्रविधि)मा रुची राख्छन् । सर्वेक्षणबाट यो पनि पत्ता लाग्यो जीममा धेरै समय विताउने पुरुष महिलालाई आकर्षक लाग्दैनन् । आर्थात् महिलाहरु शारीरिक बनावट भन्दापनि बौद्धिक क्षमतालाई बढी महत्व दिन्छन् ।

आवाजको तीव्रता
‘पर्सनालिटी एण्ड इन्डिभिजुअल डिफ्रेन्सेज’ जर्नलमा प्रकाशित एक शोधलाई मान्ने हो भने हाम्रो आवाजको तीव्रता र विपरित लिङ्गप्रतिको आकर्षणसँग गहिरो सम्बन्ध रहन्छ । शोधकर्ताका अनुसार हाम्रो आजावको ध्वनीले विपरित लिङ्गको व्यक्तिमा हाम्रोप्रति सोच निर्धारणमा महत्वपूर्ण भूमिका निर्वाह गर्छ ।

राम्रो नाच्ने पुरुष
जो पुरुष राम्रो नाच्न सक्छन्, उनीहरु महिलालाई धेरै मन पर्छन् । नर्थंब्रिया यूनिभर्सिटीका वैज्ञानिकले गरेको एक शोधमा यो कुराको वास्तविकता पत्ता लागेको हो । यो सोधमा डान्स स्टेपमाथि वैज्ञानिक तरिकाले पहिलोपटक अनुसन्धान गरिएको थियो । जसबाट पत्ता लाग्यो कि पुरुषको नृत्यमा कैयौं यस्तो कुरा हुन्छ, जसले महिलालाई लोभ्याउँछ ।

आत्मविश्वास
महिलामात्रै हैन पुरुषहरु पनि आत्मविश्वासले भरिएका व्यक्तिप्रति आकर्षित हुन्छन् । यो मानिसको एकमात्र यस्तो विशेषता जो जसले कसैको पनि ध्यान खिच्न सक्छ । आत्मविश्वासले तपाईंको सकारात्मक कुरालाई सबैका सामू ल्याउँछ । यसकारण महिला आत्मविश्वासी पुरुषप्रति आकर्षित हुन्छन् ।

आँखाको सुन्दरता
पुरुषको आँखा र मुस्कान महिलालाई धेरै मन पर्छ । अर्को शब्दमा भन्नुपर्दा आँखा आत्माको झ्यालको रुपमा हुन्छन् । जो पुरुष राम्रोसँग आई कन्ट्याक्ट गर्छन् उनीहरुप्रति महिला फिदा हुन्छन् । 
स्वास्थ्य र सुन्दरता
बेलायती जर्नल ‘बायोलोजी लेटर्स’ मा प्रकाशित एक अध्ययनका अनुसार शोधकर्ताहरुले २८ अलग देशका करिब २ हजार पुरुषलाई २० महिलाका तस्बिर देखाए । हरेक महिलाका दुई प्रकारका फोटो, एक वास्तविक (ओरिजिनल) र अर्को मोडिफाइट गरिएको । सबै देशका पुरुषले ती महिलालाई चुने जसको अनुहार धेरै चम्किलो र आँखामा नक्श थियो । तर जापानजस्तो समृद्ध र स्वस्थ देशका पुरुषले धेरै फेमीनिन लक्षण भएकी महिलालाई आकर्षक बताए भने नेपालजस्ता गरिब देशका पुरुषले यस्तो गुणमा सबैभन्दा कम रुची देखाए ।

मस्ती गर्ने पुरुष
अधिकांश महिला मजाक गर्ने तथा ठट्यौली स्वभाव भएका पुरुषलाई मन पराउँछन् । राम्रो सेन्स अफ ह्यूमर भएका पुरुषले कुनै पनि सम्बन्धमा नयाँपन ल्याउन सक्छन् । मस्तीका साथ जिन्दगी जिउने पुरुष सधैं प्रसन्न रहन्छन् । अर्थात् जिन्दगीको हरेक मोडमा आशावादी रहन्छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया