कम समयमा बनेका यी हुन् ८ सुपरहिट फिल्म

५ बर्ष अगाडि

मुम्बई – फिल्म निर्माण भनेको सृजनात्मक काम हो । यसको लागि समय लाग्छ । धेरै चलचित्रकर्मी यो भनाईमा सहमत छन् । बलिउडका अधिकाम्स फिल्म निर्माणमा लामो समय पनि लाग्ने गरेको छ । किनभने फिल्म निर्माणमा धेरै मानिस जोडिएका हुन्छन् । र धेरै काम पनि गर्नुपर्ने हुन्छ । आज बलिउडका ति फिल्मको जानकारी दिने कोसिस गरेका छौ । जुन फिल्म कम समयमा निर्माण भएर पनि सुपरहित साबित भएको थियो ।

हरामखोर :
यो फिल्म १६ दिनमा निर्माण भएको हो । फिल्ममा स्वेता त्रिपाठी र नवाजुद्दीन जस्ता कलाकारको अभिनय रहेको थियो । थोरै बजेटमा समेत निर्माण भएको यो फिल्म दर्शकले निकै रुचाएका थिए ।

तनु वेड्स मनु रिटर्न :
कंगना रानावतको दोहोरो भुमिका फिल्ममा रहेको थियो । दर्शकले मात्र होइन यो फिलम समिक्षकले समेत रुचाएका थिए । जम्मा तिस दिनमा यो  फिल्म सहित तयार भएको थियो ।

जोली एलएलबी २ 
अक्षय कुमार समयमा चल्ने अभिनेता भनेर पनि चिनिएका छन् । अक्सर ठुला फिल्म निर्माणमा ३,४ महिना लाग्ने गरेको छ । तर अक्षयको यो फिल्म जम्मा ३० दिनमा सकिएको थियो । अक्षयको धेरै मनपराइएको फिल्ममा यो पनि एक हो ।

हाउसफुल ३ :
धेरै चलेको कलाकार भयो भने फिल्म पुरा गर्न धेरै दिन लाग्छ भन्ने गरिन्छ । यो भनाई हाउसफुल ३ ले गतल साबित गरिदियो । यो फिल्म ३८ दिनमा सकिएको थियो । ब्यवसाय पनि यसले सानदार गर्यो ।

की और का :
अर्जुन कपुर र करीना कपुर अभिनित यो फिल्म निर्माणमा ४५ दिन लाग्यो । यस फिल्मको सुटिङ दौरानमा करिना गर्भवती समेत थिइन् ।

शुभ मंगल सावन :
हिट जोडी भुमि पेडनेकर र आयुष्मान खुरानाले सो समय बक्स अफिस फेरि कब्जा गरेका थिए । यो फिल्मले ब्यवसाय गरे पनि  प्रतिक्रिया भने राम्रो आएन । फिल्म जम्मा ५८ दिनमा सकिएको थियो ।

बरेली की बर्फी :
यो धेरै बजेटको फिल्म त थिएन । तर फिल्मले भने दर्शकको मन जित्यो । ६० दिनमा सकियो यो फिल्म जटिल पात्रले भने भरिएका थिए । यसको सुटिङ समय धेरैले बिश्वास गरेका छैनन् ।

काबिल :
७७ दिनमा सकिएको यो फिल्म गतबर्षको प्रतिक्षित सुचिमा रहँन सफल फिल्म पनि हो । ऋतिक रोसन अभिनित यो फिल्मले दर्शक सकिक्षक रिझाउनुको साथै ब्यवसाय पनि राम्रो गरेको थियो ।

५ बर्ष अगाडि

प्रतिक्रिया