मनोरञ्जन र पारिवारिक वातावरणका लागि फनपार्क

४ बर्ष अगाडि

भृकुटीमण्डपस्थित रहेको फनपार्कमा निकै चहलपहल देख्न सकिन्छ ।

प्रायः सबै उमेर समूहका मानिस भेट्टिने यो पार्कमा पारिवारिक र स्वस्थ वातावरण रहेको देखिन्छ । विसं २०६९ मा थप प्रवद्र्धन र व्यवस्थित गरी यो पार्कलाई फनपार्क भन्न थालिएको हो । 

पार्कका व्यवस्थापक बोधराज कट्टेल भन्छ्न “पूर्णरूपमा व्यापार नभएर मुख्य उद्देश्य मनोरञ्जन सेवा प्रवाहित गर्ने, धूमपान तथा मद्यपान निषेध गरी स्वास्थ्यमा ध्यान दिने हाम्रो मुख्य लक्ष्य हो ।

 पार्कले मनोरञ्जनका माध्यमबाट मानिसलाई खुशी र सन्तुष्ट राख्ने चेष्टा पनि गर्दछ ।” सुरक्षाको राम्रो प्रबन्ध रहेको पार्कमा मानिस हरियाली र शान्त वातावरण अवलोकन गर्दै अध्ययन गर्न पनि आउने गर्दछन् ।

असहाय र अपाङ्गलाई मनोरञ्जनको पहुँच सजिलै नहुने भएकाले उनीहरुलाई विशेष सुविधा रहेको छ भने पार्कको वातावरण अपाङ्गमैत्री पनि छ । पार्क खुला क्षेत्रमा भएको र स्थानका हिसाबले पनि राम्रो भएकाले प्रायः निकै व्यस्त देखिन्छ । यो पार्कले साथीभाइबीच राम्रो सम्बन्ध स्थापित गर्न, सामाजिक हुन र संस्कृति साटासाट गर्न धेरै हदसम्म सहयोग गरेको छ ।

पार्कमा वयष्कको प्रवेश शुल्क रु ६० रहेको छ । विद्यार्थी तथा बालबालिकाका लागि प्रवेश शुल्कमा ५० प्रतिशत छुट रहेको छ तर विद्यार्थी सहुलियतका लागि विद्यार्थी परिचयपत्र अनिवार्य रहेको छ ।

सत्तरी वर्षमाथिका वृद्धा, तीन वर्षमुनिका बालक र अपाङ्गलाई प्रवेश छुट रहेको छ । यहाँ घरबाट ल्याएको खानेकुरा पनि खान सकिने तथा जति समय पनि पार्कमा व्यतित गर्न सकिने हुनाले अन्यत्र जाँदा हुने अनावश्यक खर्च कटौती हुने गर्दछ । 

शान्तिनगरबाट आएका ओसन खड्का भन्छ्न, “धेरैपछि साथीसँग एकछिन कुराकानी गरौँ र ‘मुड फ्रेस’ गरौँ भनेर आएको हो ।” उनी हाँस्दै भन्छ्न, “अन्य ठाउँमा भन्दा खर्च पनि कम लाग्ने रहेछ र विद्यार्थीलाई विशेष छुट रहेछ ।” पार्कमै आफ्नै नातिनातिनीसँग रमाउँदै बसेकि हजुरआमाले आफू घरका सदस्यसँग समय बिताउन आएको बताइन । निःशुल्क प्रवेशका कारण उनी निकै खुशी थिइन । 

मानिस आफ्नो स्वविवेक र अनुकूल समयमा आउने हुनाले के, कति व्यक्ति कुन प्रयोजनका लागि आउँछन् भन्नेबारे ठ्याक्कै भन्न नमिल्ने व्यवस्थापक कट्टेलले बताइन । 

उनका अनुसार आगामी दिनमा प्राकृतिक प्रकोप तथा मानवीय कारण कोरोना भाइरसको असर हुनसक्ने ले प्रत्यक्ष असर पर्ने हुँदा चापमा कमी हुनसक्छ । 

खुला ठाउँमा हावापानी र घामले प्रभाव पार्ने हुँदा पनि मानिस नआउने सम्भावना देखिन्छ । आगामी दिनमा निरन्तररूपमा सरसफाइ, सबैखाले खेल र बालबालिकालाई विशेष ध्यान दिने रणनीति रहेको उनले बताइन ।


 

४ बर्ष अगाडि

प्रतिक्रिया