११ प्रतिशत ब्याजदरमा एनआइसी एशियाको ऋणपत्र, भदौ २१ देखि आवेदन खुला

५ बर्ष अगाडि

एनआइसी एसिया बैंकले सात बर्षे अवधिको १ अर्ब ८३ करोड बराबरको ऋणपत्र जारी गर्ने भएको छ । ११ प्रतिशत ब्याजदर तोकिएको सो ऋणपत्रको  निष्काशन भदौ २१ गतेदेखि हुनेछ ।  भदौ २५ गतेसम्म आवेदन खुला रहनेछ । सो अवधिमा पर्याप्त आवेदन नपरेको अवस्थामा भने असोज १९ गतेसम्मका लागि बिक्रि खुला गरिने एनआइसी एसियाले जनाएको छ ।  एनआइसी एसिया डिबेन्चर २०८२÷०८३ नाम दिइएको यस ऋणपत्र प्रतिकित्ता  १००० रुपैयाँ अंकित मूल्य हो । यसको लागि आवेदन फारम नबिल इन्भेष्टमेन्ट बैंकिंङ नक्साल र एनआइसी एसियाको कार्यालय र शाखा कार्यालयमा भर्न र बुझाउन सकिनेछ । बैंकको पुँजीकोष बृद्धिको लागि ऋणपत्र जारी गर्न लागेको बैंकद्धारा प्रकाशित आव्हानपत्रमा भनिएको छ ।  सेवा विस्तार गर्नेक्रममा लगानी बढाउन आवश्यक पुँजी संकलनको उदेश्यले ऋणपत्र जारी गर्न लागेको बैंकले भनेको छ । यस ऋणपत्रबाट प्राप्त रकम कर्जा सापटमा ८० प्रतिशत, लगानीमा १० प्रतिशत, शाखा विस्तारमा ५ प्रतिशत र अन्यमा ५ प्रतिशत प्रयोग गर्ने बैंकको आह्वानपत्रमा भनिएको छ । 
यस बैंकले जारी गर्न लागेको ऋणपत्रलाई  केयर रेटिङ नेपालले न्युन कर्जा जोखिम जनाउने केयर एनपी ए ग्रेड दिएको छ । यस्तो रेटिङलाई समयमा वित्तिय दायित्व पुरा गर्नसक्ने क्षमता भएको तथा कर्जा जोखिम न्युन रहेको संस्थाको रुपमा लिइन्छ ।


 

५ बर्ष अगाडि

प्रतिक्रिया