ओलीको साइटमा यस्तो भिडियो अपलोड भएपछि हंगामा

४ बर्ष अगाडि

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको नाममा रहेको वेवसाइटमा पोर्न भिडियो अपलोड भएको विषयलाई लिएर हंगामा भएको छ । कतिपयले ओलीको सल्लाहकारको भूमिकाले यस्तो अवस्था आइलागेको टिप्पणी गरेका छन् । 
प्रमका प्रेस सल्लाहकारले आफ्नो भूमिका नाघी अनावश्यक टिप्पणी गर्दै गर्दा उनीमाथि गालीको वर्षा पनि भइरहेको छ।  यस्तैमा प्रधानमन्त्री केपी शर्मा ओलीका आईटी विज्ञ अस्गर अलीलेओलीको नाममा सञ्चालन भइरहेको व्यक्तिगत वेबसाइट कहिल्यैपनि आफूहरुको अधिनमा नरहेको दावी गरेका छन् ।

 हाल सो बेवसाइटमा पोर्न भिडियो अपलोड भएको समाचार सार्वजनिक भएपछि अलीले सो साइटलाई ब्लक गर्न हरसम्भव प्रयास भइरहेको बताएका छन् ।
 'अहिले भ्रम सृजना गरिराखेको वेबसाइट www.kpsharmaoli.com यसको सर्वाधिकार कहिले पनि हाम्रो अधिनमा थिएन, त्यसैले यसको renew गर्ने कुरा हुँदैन । तर पनि यसलाइ block गर्न हामी हरसम्भव प्रयास गरिरहेका छौँ र हाल यो साइट नेपालका सबै ISP (Internet Service Provider) बाट प्रतिवन्ध लगाइसकेका छौँ,' अलीले सामाजिक सञ्जालमार्फत भनेका छन् । 
उनले ४ वर्षअघि पहिलो कार्यकालमा ओलीको आफ्नै व्यक्तिगत वेबसाइट बनाउन प्रमुख सल्लाहकार विष्णु रिमालले आफूसहित किरण माली र महेन्द्र श्रेष्ठलाई जिम्मा दिएको र  वेबसाइटको लागि डोमेन दर्ता गर्ने बेला आफूहरुले खोजेको नाम www.kpsharmaoli.com  पहिले नै अर्कैले किनेर सञ्चालनमा ल्याएको पाइएको बताएका छन् । त्यतिबेलै सो साइट प्रधानमन्त्रीका केही व्यक्तिगत सामग्री राखेर चलाइराखेको पाइएको पनि उनको दावी छ ।

' वेबसाइटको लागि domain दर्ता गर्ने बेला हामीले खोजेको नाम www.kpsharmaoli.com त पहिले नै अर्कैले किनेर प्रधानमन्त्रीज्यूका केही व्यक्तिगत् सामग्री राखेर चलाइराखेको पाइयो। त्यो domain name हामीले प्राप्त गर्न अनेकौ कोशिष गर्‍यौँ तर केहीगरि पनि यो साइट चलाउने व्यक्ति सम्पर्कमा आएनन्। अनि हामीले www.kpsharmaoli.com.np दर्ता गरेर यो साइटको शुभारम्भ गर्यौ जो विगत ४ वर्षदेखि सन्चालनमा छ र विगत २ वर्षदेखि एप्स पनि सन्चालनमा छ,' उनले भनेका छन् । 


 

४ बर्ष अगाडि

प्रतिक्रिया