युरोपेली बैंकले नेपाललाई १२ अर्ब दिने, कहाँ हुँदैछ लगानी ?

४ बर्ष अगाडि

काठमाडौं –  नेपालले विद्युत वितरण प्रणाली स्तरोन्नति तथा विस्तार आयोजनाको कार्यान्वयनका लागि युरोपेली लगानी बैंकबाट रु. १२ अर्व ४१ करोड (१०० मिलियन युरो) बराबरको ऋण सहायत लिने भएको छ । यसका लागि गत माघ २९ गते सहायता प्राप्त गर्ने सम्बन्धी वित्तीय सम्झौतामा दुवै पक्ष बिच हस्ताक्षण पनि भएको छ ।
सम्झौतामा उल्लेखित प्रतिवद्धताको प्रभावकारिताका लागि नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालय, अन्तरराष्ट्रिय  ार्थिक सहायता समन्वय महाशाखाका सह–सचिव  श्रीकृष्ण नेपालले र यूरोपेली लगानी बैंकका तर्फबाट उक्त बैंकका डाइरेक्टर मारिया स बारागन र  लिगल काउन्सेल बोर्जा ओक्जाङ्गोइटीले हस्ताक्षर गरी मेलमार्फत आदान–प्रदान गरिएको छ । हस्ताक्षरित सम्झौताको सक्कल प्रति दुवै पक्षलाई उपयुक्त हुने समयमा आदान प्रदान गरिनेछ । ।
नेपालको ५ नम्बर प्रदेश,  कर्णाली र सुदूरपश्चिम प्रदेशमा त्यहाँका जनताको विद्युतमा पहुँच बढाउने, विद्युत  आपूर्तिको गुणस्तर एवम् दक्षता बढाउने र ऊर्जा व्यापारलाई सहजीकरण गर्ने उद्देश्य रहेको विद्युत  वितरण प्रणाली स्तरोन्नति तथा विस्तार आयोजना सन् २०२३ को डिसेम्वर सम्ममा सम्पन्न गर्ने लक्ष्य  राखिएको छ । नेपाल विद्युत प्राधिकरणले कार्यान्वयन गर्ने प्रस्तुत आयोजना अन्तर्गत ३३÷११ किलो भोल्टका सवस्टेसनहरु तथा ३३ किलो भोल्टका आपूर्ति लाईनहरु निर्माण गर्ने, ११ किलो भोल्टका  आपूर्ति लाईनहरु, वितरण ट्रान्सफर्मरहरु र न्यून भोल्टेजका आपूर्ति लाईनहरु निर्माण गर्ने र आयोजनाको  कार्यान्वयनमा सहयोग गर्ने क्षमता विकासका क्रियाकलापहरू सञ्चालन हुनेछन् ।
प्रस्तुत आयोजनामा  नपुग हुने रकम मध्ये ११२.३ मिलियन अमेरिकी डलर बराबरको ऋण सहयाता एशियाली पूर्वाधार  लगानी बैंक बाट पनि सह–लगानीको रुपमा सम्मिश्रण गर्नका लागि वार्ता सम्पन्न भैसकेको अर्थमन्त्रालयको भनाइ छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया