बिगबोस सिजन १३ को विजेता सिद्धार्थ सुक्ला

४ बर्ष अगाडि

सिदार्थ सुक्ला चर्चित रियालिटी शो बिगबोसको १३ औँ शृङ्खलाका बिजेता बनेका छन्।

२० हप्ताको प्रतिस्पर्धा र रोचक दाउपेचपछि उनी सबैभन्दा लोकप्रिय मत हासिल गर्दै विजेता बनेका हुन्।

सलमान खानले होस्ट गरेको बिगबोस सबैभन्दा ठूलो रियालिटी शो मानिन्छ।  

यति ठूलो शो जितेका सुक्ला कलाकारका साथै मोडल पनि हुन्। उनले विभिन्न सिरियलमा पनि काम गरिसकेका छन्।  

विगबोस जितेपछि भारतीय सञ्चारमाध्यमसँग कुरा गर्दै सुक्लाले ट्रफी पाउनु आफ्नो लक्ष्य रहेको बताए। 

उनले भने, जब कुनै लक्ष्यसम्म पुग्नका लागि जुन योजनाको खाका बनाइन्छ र आफूले तयार गरेको खाका अनुसार लक्ष्य प्राप्त गर्दा निकै राम्रो लाग्ने गर्दछ। सुरुवातमै मेरो लक्ष्य उक्त ट्रफीमाथि थियो र अन्तमा यसलाई जित्दा निकै खुसी लागेको छ। 

४ बर्ष अगाडि

प्रतिक्रिया