रासस पत्रकारिता पुरस्कार अधिकारी र झालाई

४ बर्ष अगाडि

नेपाल पत्रकार महासङ्घ रासस प्रतिष्ठान शाखाद्वारा स्थापित यस वर्षको ‘रासस पत्रकारिता पुरस्कार’ वरिष्ठ कार्यकारी सम्पादक दिलीप अधिकारी र वरिष्ठ समाचारदाता प्रभाषचन्द्र झालाई प्रदान गरिने भएको छ ।       
शाखाले पुरस्कार छनोट समितिको सिफारिसमा उहाँहरुलाई उक्त पुरस्कार प्रदान निर्णय गरेको हो । पुरस्कारको राशि जनही रु १० हजार र सम्मानपत्र रहेको छ ।  यही फागुन ७ गते आयोजना हुने राससकोे ५९ औँ वार्षिकोत्सव समारोहमा पुरस्कार प्रदान गरिने छ । 

शाखाले यस वर्ष राससका पूर्वसम्पादक धर्मप्रसाद थापालाई ‘पूर्वकर्मचारी सम्मान ’ प्रदान गर्ने निर्णय गरेको छ । शाखाले हरेक वर्ष प्रदान गर्दै आएको यस वर्षको  ‘उमाकान्त–गीतादेवी– चन्द्रमणि रजौरे स्मृति पत्रकारिता पुरस्कार ’ रुकुमपूर्वकी जिल्ला समाचारदाता सर्जना कार्कीलाई प्रदान गर्ने निर्णय गरेको छ ।

रासस दाङ कार्यालयका प्रमुख नारायणी रजौरेले आफ्ना पिता–माता र भाइका नाममा सो पुरस्कार  स्थापना गरेका थिए।  पुरस्कारको राशि रु पाँच हजार नगद र प्रमाणपत्र रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया