जीर्ण सडक स्तरोन्नति

४ बर्ष अगाडि

बागलुङको काठेखोला गाउँपालिका–७ रेशमा रु सात लाखको लागतमा जीर्ण ग्रामीण सडक स्तरोन्नति गरिएको छ । झण्डै चार किलोमिटर जीर्ण ग्रामीण सडक सुधार गरी पाँच मिटर चौडा पारिएको छ । 

बर्खाको समयमा यातयातका साधन सञ्चालन गर्न मिल्ने गरी कच्ची नालीसहित सडकको स्तरोन्नति गरिएको गाउँपालिकाले जनाएको छ । पाँच वर्षअघि खनेको कुकुरकाटे, आरिमपाटा, दामगाडे र पीपलडाँडा जीर्ण सडकमा सवारी आवतजावतमा समस्या भएको भन्दै सडक सुधार गरिएको गाउँपािलकाका अध्यक्ष अम्मर थापाले जानकारी दिए। 

गाउँपालिकाको रु ६ लाख तथा स्थानीयवासीको रु ६८ हजार जनश्रमदान गरी उक्त सडकलाई एक मिटरको कच्ची नालीसहित पाँच मिटर सडक चौडा गरिएको  कुकुरकाटे, आरिमपाटा, दामगाडे र पीपलडाँडा सडम निर्माण समितिका अध्यक्ष यामबहादुर कार्कीले जानकारी दिए। कार्कीका अनुसार पाँच मिटर चौडा सडकमा आवश्यकताअनुसार ग्याविन तथा ढुङ्गाको सोलिङ गरिएको छ । “गाउँमा कम्तीमा १२ महिना यातयात सञ्चालन गर्न सडक सुधार गरिएको छ”, कार्कीले भने, “सडक सुधारसँगै यात्रुलाई सहज भएको छ ।” 

विकासको पहिलो आधार सडक भएका कारण वडा कार्यालय भित्रका सबै सडकलाई १२ महिनै चल्ने गरी स्तरोन्नति गर्ने योजनाका साथ लागेको काठेखोला गाउँपालिका–७ रेशका वडाध्यक्ष प्रेम लामिछानेले जानकारी दिए।  “हामीले गाउँपालिकाले विनियोजन गरेको बजेटबाट कच्ची नालीसहितको सडकको सुधार गरेका हौँ”, लामिछानेले भने। उक्त सडकबाट चार गाउँका सय घरधुरी लाभान्वित भएका छन् । 

४ बर्ष अगाडि

प्रतिक्रिया