आज नेप्से परिसूचक १ वर्ष कै उच्च बिन्दुमा पुगेको छ । आज १३६२.७८ को बिन्दु सुरु भएको कारोबार ३४.२६ अंकले बढे्र १३९८.२४ को बिन्दुमा पुगेको हो ।
यस अघि २०१८ को अप्रिल महिनामा नेप्से परिसूचक १४०० बिन्दुको हारहारीमा पुगेको थियो ।
आज कारोबार सुरु हुन साथ उकालो लागेको परिसूचक कारोबारको मध्यमा १४०० को बिन्दुमा पुगे पनि पुन: घटबढ हुदैँ १३९८ को बिन्दुमा पुगेर बन्द भएको हो ।
त्यस्तै, आज नेप्सेमा साढे दुई अर्ब माथिको कारोवार भएको छ । आज कारोबारमा आएका १७५ कम्पनीको ६४ लाख ७७ हजार कित्ता शेयर खरिद बिक्री हुदाँ २ अर्ब ६८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
त्यस्तै, आज कारोबारका लागी आएका १२ बटै उपसमूह उकालो लागेका छन् ।
प्रतिक्रिया