‘मिर्मिर कपालैमा’ लिएर आए घोरासैनी

४ बर्ष अगाडि

गायक नवराज घोरासैनीले झण्डै १० वर्षपछि आफूलाई ‘कमब्याक’ गराएका छन् । गायक घोरासैनीले ‘मिर्मिर कपालैमा’ बोलको गीतसहित आफूलाई नेपाली गीत सङ्गीतमा कम्ब्याक गराएका हुन् । आफ्नै शब्द, स्वर र सङ्गीतमा उनले ‘मिर्मिर कपालैमा’ ल्याएका हुन् ।

‘मिर्मिर कपालैमा’ बोलको गीतमा घोरासैनीलाई गायिका अञ्जु पन्तले साथ दिएकी छिन् । गीत अत्यन्तै गलितो बनेको घोरासैनीले बताए । “लामो समयको अन्तरालपछि ‘मिर्मिर कपालैमा’ ल्याएर आएको छु”, उनले भने, ‘गीत सङ्गीतबाट म हराएको छैन भन्ने सन्देश दिन पनि ‘मिर्मिर कपालैमा’ ल्याएको छु ।”

यसअघि घोरासैनीले ०५८ साल साउन महिनामा ‘घुम्तीनेर भेट भयो ।’ बोलको गीत ल्याएका थिए । त्यसबेला यो गीत लोकप्रिय भएको थियो । उनले थुप्रै गीतहरूमा स्वर पनि दिए तर उनको ‘घुम्तीनेर भेट भयो’लाई अरु गीतले उछिन्न सकेन । उनले ‘घुम्तीनेर भेट भयो’ बोलको गीतकै मिठासमा ‘मिर्मिर कपालैमा’ गीत ल्याएका छन् । काँठे भाकाको ‘मिर्मिर कपालैमा’लाई घोरासैनीले आफ्नै युट्युब च्यानलबाट रिलिज गरे ।

गीतको म्युजिक भिडियोको निर्देशन शिव विकले गरेका छन् । एसराज गराच र जेबिका कार्कीले भिडियोमा अभिनय गरेका छन् । गीतको रेकर्डिङ मारुनी डिजिटल्समा गरिएको छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया