सुनको मुल्यले तोड्यो रेकर्डः हाल सम्मकै महंगो

४ बर्ष अगाडि

काठमाडौं – मंगलबार छापावाला सुनको मुल्य हालसम्म कै उच्च अर्थात् नयाँ उचाईमा पुगेको छ । अन्तरराष्ट्रिय अर्थतन्त्रमा आइरहेको तनावका कारण पछिल्लो सुनको मुल्य बढ्दै गएको छ । 
मंगलबार सुनको मुल्य प्रतितोला रू. ७६ हजार ७०० पुगेको छ, जुन हालसम्म कै उच्च हो । यसअघि गत पौषमा मात्र सुनको मुल्य प्रतितोला ७६ हजार ५०० सम्म पुगेको थियो । आज भने सुनको मुल्यले त्यो रकेर्ड तोड्दै नयाँ उचाईमा पुगेको छ । 
अमेरिका र चीनको व्यापार युद्ध, इरान र अमेरिका बीचको राजनीतिक तनाव जस्ता कारणले विश्व अर्थतन्त्रमा नकरात्मक प्रभाव परेको छ । फलस्वरुप सुनको मुल्य बढ्दै गएको छ । 
हिजो सुनको मुल्य प्रतितोला रु. ७६ हजार ५०० थियो । आज मात्र सुनको मुल्य २०० ले बढेको छ । यसैगरि तेजावी सुनको मुल्य प्रतितोला ७६ हजार ४०० रहेको छ । यसैगरि आजको लागि चाँदीको मुल्य ८९० तोकिएको छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया