कालिका लघुवित्तको शेयर कारोबार खुल्ला

४ बर्ष अगाडि

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर कारोबार खुल्ला भएको छ ।

जनसेवी लघुवित्त वित्तीय संस्थासँग मर्जर प्रक्रियाका कारण रोक्का रहेको कालिका लघुबित्त वित्तिय संस्था (हिजो सोमवार )फागुन ५ गते देखि खुल्ला गरेको हो ।

गत जेठ  ५ गते कालिका र जनसेवी लघुवित्त एक आपसमा गाभिने समझौता  गरे सगैँ  कालिकाको शेयर कारोबार रोक्का भएको थियो ।

सोही मर्जरपश्चात पुस २३ गते देखि एकिकृत कारोबार शुरु गरेको यस लघुवित्तको शेयर कारोबार करीब ९ महिना पछि सुचारु हुदैछ ।

रोक्का पहिले कालिकाको शेयर मुल्य प्रतिकित्ता ६९९ रुपैयामा अन्तिम कारोबार भएको थियो ।

 

४ बर्ष अगाडि

प्रतिक्रिया