बैंकहरूमा ३५०० अर्ब भन्दा बढी निक्षेप, कुन क्षेत्रबाट कति निक्षेप आयो ?

४ बर्ष अगाडि

काठमाडौं – चालु आर्थिक बर्षको पुससम्म आउँदा बैंकहरूको निक्षेप रू. ३५ खर्ब भन्दा बढी पुगेको छ । बैंक तथा वित्तिय संस्थाले हालसम्म यतिका पैसा निक्षेप बापत संलकन गरेका हुन् ।
नेपाल राष्ट्र बैंकको पुससम्मको तथ्यांकअनुसार बैंक तथा वित्तिय संस्थाले हालसम्म रु. ३५ खर्ब ५९ अर्ब १९ करोड ९० लाख निक्षेप संकलन गरेका छन्, जुन गत आवको सोही अवधीको तुलनामा ६.१० प्रतिशतले बढी हो । गत आवको पुससम्म उनीहरूले रू. ३० खर्ब ६६ अर्ब ५३ करोड ११ लाख निक्षेप संकलन गरेका थिए ।
तथ्यांकअनुसार बैंकहरूमा व्यक्तिगत बचत खाताबाट सबैभन्दा बढी निक्षेप संकलन भएको छ । यस्तो खाताबाट रु. १९ खर्ब १८ अर्ब ७५ करोड २७ लाख निक्षेप संकलन भएको छ । यसैगरि गैर बैंकिङ वित्तिय संस्थाबाट रु. ६ खर्ब २ अर्ब ९४ करोड निक्षेप संकलन भएको छ । जसमा बीमा कम्पनीहरुबाट रू. २ खर्ब ५१ अर्ब ७३ करोड, सञ्चयकोषबाट रु. ९६ अर्ब १२ करोड, नागरिक लगानी कोषबाट रू. ७७ अर्ब ४८ करोड निक्षेप संकलन भएको छ । 
यस्तै, विदेशी निक्षेपको मात्रा रू. ९६ अर्ब ८६ करोड ७८ लाख पुगेको राष्ट्र बैंकको भनाइ छ । तथ्यांकअनुसार स्थायीय तहको रू. ४९ अर्ब ५७ करोड ३० लाख पैसा बैकिङ च्यानलमा निक्षेप स्वरूप बसेको छ ।

यस्तै, सरकारी संस्थानहरूबाट रू. ३ खर्ब २७ अर्ब ४७ करोड, गैर सरकारी संस्थानहरूबाट रू. २ खर्ब ४३ अर्ब ८४ करोड निक्षेप आएको छ । यस्तै, इन्टर बैंक डिपोजिट मार्फत रू. १ खर्ब २४ अर्ब २२ करोड जम्मा भएको छ । यस्तै, गैरनाफा मुलुक संस्थाहरुबाट १ खर्ब १८ अर्ब ३० करोड निक्षेप आएको छ । यसैगरि अन्य माध्यमबाट ७७ अर्ब २१ करोड निक्षेप संकलन भएको छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया