चीनले पैँसा पनि  क्वारेन्टाइनमा राख्ने

४ बर्ष अगाडि

चीनको केन्द्रीय बैंकले  कोरोना प्रभावित क्षेत्रमा प्रयोग भएका नोटहरलाई क्वारेन्टाइनमा राख्ने योजना बनाएको छ । बैँकले बिशेष गरी त्यस ठाउँका अस्पताल, बजार र बस द्वारा संकलित अधिकांश नोटहरू क्वारेन्टाइनमा राख्ने भएको हो । 

 त्यस्तै, चिनियाँ केन्द्रीय बैंकले  क्वारेन्टाइनमा राखिने नोटहरुको प्रतिस्थापन गर्न ६०० अर्व युआन ताजा मुद्रित कागज मुद्रा निकाल्ने योजना बनाएको छ । 

 साथैँ , देशका अन्य क्षेत्रमा, सरकारले बैंकहरूलाई  बाहिरबाट आउँदै गरेको कागजको मुद्रा  हटाउन र यसलाई नयाँ नगदसँग प्रतिस्थापन गर्न आदेश दिएको छ ।

 बैँकहरुलाई  त्यो  नगद सर्वसाधारण माझमा फर्काउनु भन्दा पहिले  उच्च तापक्रम र अल्ट्राभ्वायोलेट प्रकाशको साथ १४ दिनसम्म क्वारेन्टाइनमा राखिने छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया