उपन्यासको जैविक हतियार र चीनको नोवेल कोरोना उस्तै

४ बर्ष अगाडि

अहिले चीनमा देखिएको कोभिड–१९ ९नोवेल कोरोना भाइरस० र ४० वर्ष अघि एकजना साहित्यकारले लेखेको उपन्यास मिल्दोजुल्दो देखिएको छ । 

सन् १९८१ मा अमेरिकी साहित्यकार डिन कुन्जले लेखेको ‘द आइज अफ द डार्कनेस’ नामक उपन्यासमा परिकल्पना गरेको वुहान ४०० नामक भाइरस र कोभिड १९ मिल्दोजुल्दो देखिएको हो । 

उक्त पुस्तकको ३९ औं अध्यायमा लेखक कुन्जले चीनको कम्युनिस्ट पार्टीले प्रयोगशालामार्फत् वुहान ४०० नामक भाइरसको विकास गर्ने लेखेका छन् । 
कुन्जको पुस्तकमा लेखिएअनुसार चीनको वुहान शहरनजिकैबाट फैलने वुहान ४०० नामक भाइरस मानिसको शरिरबाहिर र ३० डिग्री सेल्सियस भन्दा कम तापक्रममा बाँच्नै नसक्ने उल्लेख छ । 
पुस्तकमा भाइरसको शोध गर्ने ली चेन नामक वैज्ञानिकले अमेरिकालाई यसबारे जानकारी दिने लेखिएको छ । 

उपन्यासमा लेखिएको भाइरस र अहिले देखिएको नोवेल कोरोना भाइरस मिल्दोजुल्दो देखिएपनि त्इसमा एउटा ठूलो असमानता पनि छ । त्यो के हो भने उपन्यासमा लेखिएको वुहान ४०० नामक भाइरस जैविक हतियारका लागि विकास गरिएको भनिएको छ । 
त्यस्तै उपन्यासमा सो भाइरसले मानिस मात्र संक्रमित हुने र ति सबैको मृत्यु हुने लेखिएको छ । तर अहिलेको कोभिड १९ बाट संक्रमित मानिसहरु पुनः स्वस्थ हुने बताइएको छ । 

सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले सो उपन्यासका अंशहरु सेयर गर्दै त्यहाँ कल्पना गरेको भाइरस र अहिले चीनमा देखिएको भाइरस एकदमै मिल्नेजुल्ने रहेको टिप्पणी गरेका छन् । 

तर उपन्यासमा चीनमा वुहान ४०० नामक भाइरस नभई  तत्कालीन सोभियत संघको गोर्की शहरनजिक गोर्की ४०० नामक भाइरस उल्लेख गरिएको कतिपयको तर्क छ । पछि भाइरसको नाम गोर्कीबाट परिवर्तन गरी वुहान ४०० राखेर प्रकाशन गरिएको भन्दै कतिपयले आलोचना गरेका छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया