गोदावरीको २७ सहकारी झोलामा

४ बर्ष अगाडि

गोदावरी नगरपालिकाभित्र सञ्चालन भएका एक सय २८ सहकारीमध्ये २७ सहकारी हाल झोलामा रहेका छन् । 

त्यस्ता सहकारीले महिनाको एकपटक कार्यालय खोल्ने तथा साधारणसभा गरे पनि जानकारी नदिने र सम्पर्कमा नरहने गरेका छन् ।

 नगरपालिकाभित्र सञ्चालित एक सय २८ मध्ये एउटा सहकारीको कार्यक्षेत्र प्रदेशमा पुगेको सहकारी शाखाप्रमुख श्रीकष्ठ घिमिरेले बताए ।

उनले भने, “गत आर्थिक वर्ष २०७५÷७६ भित्र गोदावरीमा रहेका कूल सहकारीमध्ये ६१ बचत तथा ऋण, ४५ कृषि, १७ बहुउद्देश्यीय, एक÷एकवटा दुग्ध, पर्यटन र साझा सहकारी रहेका छन् ।” गोदावरीमा सञ्चालित यी सहकारीका सञ्चालकलाई सहकारी ऐन, सहकारी विनियमावली, सम्पत्ति शुद्धीकरण र लेखा परीक्षणका बारे कमै जानकारी भएको उनले बताए । 

४ बर्ष अगाडि

प्रतिक्रिया