मार्चदेखि नेपालमा विश्वकै सस्ताे विद्युतीय कार, चिनीयाँ ग्रेटवालकाे उत्पादन गोयनका र सारडा समूहले बिक्री गर्ने

४ बर्ष अगाडि

आगामी मार्चदेखि नेपालमा चिनीयाँ सवारी उत्पादक कम्पनी ग्रेटवाल मोटर्सका गाडीहरु बिक्री गरिने भएको छ । 

गोयनका र सारडा समूहले संयुक्त रुपमा कम्पनी खडा गरी नेपालमा ग्रेटवाल तथा यसको ब्रान्ड हाभालका सवारी ल्यार बिक्री गर्ने तयारी गरेका हुन् । 

ग्रेटवाल मोटर्सले भारतमा प्लान्ट स्थापना गरी अटो एक्स्पो २०२० मार्फत औपचारिक कारोबार गरेपछि नेपाली व्यवसायिक घराना नेपालमा ल्याएर बिक्री गर्न दौडधूप गरेका थिए । 

तर त्यो दौडमा गोयनका र सारडा समूहले जीत हात पार्दै उनीहरुले मौखिक रुपमा सहमति गरिसकेका छन् । 

लिखित सम्झौताको तयारी भएपनि नोवेल कोरोना भाइरसका कारण समयमा सम्झौता हुन नसकेको बताइएको छ । 

भइरसका कारण नेपाली कम्पनी चीन जान सक्ने र चिनीयाँ पक्ष नेपाल आउने अबस्था नभएकोले सम्झौतामा ढिलाई भएको उनीहरुको दावी छ । 

चिनीयाँ गाडी नेपालमा खासै लोकप्रीय नभएपनि भारतमा उत्पादन हुन थालेपछि व्यवसायीले रुचि देखाएका हुन् । किनभने भारतमा उत्पादित सवारी सस्तो हुने र पार्टपूर्जा सजिलै पाइने खालका हुन्छन् । जसका कारण अहिले नेपालमा भारतमै उत्पादन भएका सवारी साधनको बजार करिब ८० प्रतिशत छ । 

गोयनका समूहले नेपालमा जापानमा उत्पादन भएको विद्युतीय स्कुटर टेरा मोटर्स बिक्री गर्छ भने सारडा समूहले निसान तथा ड्याटसनका गाडी बिक्री गरिरहेको छ । 

नेपाल सरकारले विद्युतीय सवारीलाई प्राथमिकता दिने नीति ल्याएको र ग्रेटवाल मोटर्सले भारतमा सबैभन्दा सस्तो इलेक्ट्रिक कार निर्माण गरेकोले पनि नेपाली अटो व्यवसायी ग्रेटवालप्रति आकर्षित भएका देखिन्छन्। 

ग्रेटवाल चीनको सबैभन्दा ठूलो एसयुभी उत्पादक समेत हो। 

४ बर्ष अगाडि

प्रतिक्रिया