'मोस्ट वान्टेड' पटेल प्रहरीको जवाफी कारबाहीमा घाइते

४ बर्ष अगाडि

सर्वाधिक खोजीको सूची(मोस्ट वान्टेड)मा रहेका जनतान्त्रिक तराई मुक्ति मोर्चाका जिल्ला इन्‍चार्ज अभय भनिने कामेश्‍वर पटेल मंगलबार राति प्रहरी कारबाहीमा गम्भीर घाइते भएका छन् । प्रहरीको गोली लागेर पटेल घाइते भएका हुन् । प्रहरीमाथि गोली प्रहार गरेपछि  जवाफी कारबाहीमा उनी घाइते भएका हुन् । 

मौलापुर–८, सोनरनिया घर घएका पटेल धन्सार–जैगलसैयास्थित जंगलको बाटो भएर गाउँ पस्न लाग्दा राति करिब ९ बजे रौतहट प्रहरीको कारबाहीमा परी घाइते भएका हुन् । बारा प्रहरीले पटेलको पिछा गर्दै आएको थियो । उनी जंगलको बाटो गाउँ छिर्न लागेको सुराकी पाएपछि डीएसपी नवीन कार्की र हेमबहादुर शाहीसहितको टोली गौंडा कुरेर बसेको थियो । प्रहरी टोलीमाथि पेस्तोलबाट गोली प्रहार गरे पछि जवाफी कारबाहीमा पटेलको खुट्टामा गोली लागेको जिल्ला प्रहरी प्रमुख एसपी रविराज खड्काले बताए । कान्तिपुर दैनिकमा खबर छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया