नमस्ते ब्याण्डको विश्व सङ्गीत महोत्सव बाराहीघाटमा

४ बर्ष अगाडि

नमस्ते ब्याण्डले आफ्नो ३१औँ वार्षिकोत्सवको अवसर पारेर महाशिवरात्रिका दिन पोखरामा १५औँ संस्करणको विश्व सङ्गीत महोत्सव गर्ने भएको छ ।

गीत–सङ्गीतको विकासका लक्ष्यसहित फागुन ९ गते यहाँ पर्यटकीय क्षेत्र लेकसाइडको बाराहीघाटमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्याण्ड तथा नेपालका चर्चित कलाकारको प्रस्तुतिसहित सङ्गीत महोत्सव गर्न  लागिएको मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा कार्यक्रम संयोज ईश्वर गुरुङले जानकारी दिए ।

 सो ब्याण्डको स्थापना ३० वर्षअघि भएको हो । जापानबाट पहिलोपटक नेपालको पहिलो गीति सिडी एल्बम एकता को बिक्री गरी नेपालको पहिलो ब्याण्डका रूपमा परिचित भएको थियो ।

 महोत्सवमा पिजेपिस जोइन्ट ब्याण्ड अमेरिका, नमस्ते ब्याण्ड जापान र नेपाल, रन युनिटी लाइन स्टार युके, बमशिव मिनामी जापान, हिता ग्रुप तिब्बत, एनइओ प्रिज्म, १९७४ एडी, कुटुम्ब ब्याण्ड, सिवाज कृपा फाउण्डेशन, प्रमोद निरवान्स एण्ड म्युजिक लिङ्कस् हिमालयन एण्ड कल्टिभेसन, श्री–थ्री ब्याण्ड र मिलन एण्ड द आर्टिष्टलगायतको प्रस्तुति महोत्सवमा रहने उहाँले जानकारी दिए। 

चर्चित गायिका दीप श्रेष्ठ, गङ्गा बर्दान, राजेश पायल राई, याम बराल, उदयमनिला र श्रेया सोताङ, उदेश श्रेष्ठ, चीरासिङ खड्का, प्रश्न पाण्डे, अमृता लिम्बू र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेशलगायतको विशेष प्रस्तुति महोत्सवको आकर्षण रहेको बताइन्छ । 

महोत्सवबाट सङ्कलित रकम पुम्दीकोटमा निर्माणाधीन शिवमूर्तिका लागि सहयोग गर्ने लक्ष्य राखिएको छ ।

मुद्री सतहबाट पाँच हजार ६४३ मिटर उचाइको कालापत्तथरमा ‘वल्र्ड हाइयेष्ट पिक कन्सर्ट’ गरेर ब्याण्डको नाम गिनिजबुक अफ वल्र्ड रेकर्डमा लेखाउन सफल भएको बताइन्छ ।  
 

४ बर्ष अगाडि

प्रतिक्रिया