एकीकृत बस्ती शिलान्यास

४ बर्ष अगाडि

दोलखाको अन्नभण्डारका नामले परिचित  भीमेश्वर नगरपालिका–४ जिलुमा रहेको ‘डिही फसिभैँ एकीकृत बस्ती’ को वाग्मती प्रदेशका अर्थमन्त्री कैलाश ढुङगेलले शिलान्यास गरेकाख छन् ।
 
राष्ट्रिय पुनःनिर्माण प्राधिकरण वाग्मती प्रदेश र नगरपालिकाको सहयोग तथा समन्वयमा डिहीमा ७५ र फस्मिमा १०८ गरी १८३ घर निर्माण शुरु गरिएको हो । मन्त्री ढुङ्गेलले स्थानीय  देवीप्रसाद चौलागाईंको घरको जग राखी शिलान्यास गरेका छन् । उनले एकीकृत बस्तीका लागि प्रदेश सरकारले १८३ वटै घरको छानाका लागि सहयोग गर्ने प्रतिबद्धता जाहेर गरे।
  
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट आर्थिक वर्ष २०७३÷७४ मा डिही ब्लक ‘क’ र फसिभैँ ब्लक ‘ख’ का लागि रु ५० लाख निकासा भएको बताउँदै वडा नं ४ का अध्यक्ष हरिवंश चौलागाईंले भने ,“सो बजेटले शुरुमा सडक ट्र्याक निर्माणलगायतका काम गरेका छौँ ।” आर्थिक वर्ष २०७५÷७६ मा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट रु सात करोड ३२ लाख बजेट विनियोजन गरेको थियो । 

ठेक्काबाट फसिभैँ र डिही ब्लकमा सडक, पर्खाल, पक्की नाला, ढललगायतका निर्माण सम्पन्न गरिएको चौलागाईंले बताए ।  साथै सोही आर्थिक वर्षमा ठेकेदारबाट ठेक्का घटेको रकमसहित उपभोक्ता समितिले निर्माण गर्ने गरी रु एक करोड ५५ लाख प्राधिकरणले उपलब्ध गराएको छ ।
 
आर्थिक वर्ष २०७४÷७५ मा बस्तीका लागि विस्तृत अध्ययन प्रतिवेदन ९डिपिआर० तयार भई स्वीकृत भएको बस्तीका अधिकांश घर यसै वर्षमा निर्माण हुने र बाँकी घर २०७७ सम्ममा निर्माण गरिने लक्ष्य राखिएको वडाध्यक्ष चौलागाईंले बताए । उनका अनुसार एकीकृत बस्ती प्रत्येक घर एकै रङका हुने र हेर्दा अग्ला होचा देखिए पनि एउटै शैलीको हुनेछन् । 

प्रत्येक संस्कृतिको जर्गेना र वातावरणका लागि प्रत्येक घर अगाडि तुलसीको मोठसहित तीनदेखि पाँच रुख रोप्ने योजना रहेको उनले जानकारी दिए । ढिकी, जाँतोलगायतका स्थानीय प्रविधिसहितका घर निर्माण हुनेछन् । पाँच वर्षसम्म अस्थायी कटेजमा जीवनयापन गरिसकेका भूकम्पपीडित स्थानीय बासिन्दाको एकीकृत बस्ती चाँडै निमार्ण सम्पन्न गराउन आफू अहोरात्र सहयोगका लागि खटिरहने नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का वाग्मती प्रदेशका सचिव एवं पूर्व पर्यटनमन्त्री आनन्द पोखरेलले कार्यक्रममा प्रतिबद्धता जाहेर गरे। नमूना बस्ती निर्माणले दोलखामा पर्यटन प्रवद्र्धन हुने र दोलखाको सुन्दरतालाई अझ सकरात्मक प्रभाव पार्ने पोखरेलको भनाइ छ ।

नेपाली काँगे्रसका नेता केशव चौलागाईं, प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मा, समाजसेवी रामजीप्रसाद चौलागाईं, समाजसेवी रामकृष्ण केसी, समाजसेवी बिष्णु श्रेष्ठ, नेपाली काँगे्रसका स्थानीय नेता भोजराज चौलागार्इं, नेकपाका स्थानीय नेता श्यामबहादुर बस्नेत, एकीकृत बस्ती निर्माण उपभोक्ता समितिका अध्यक्ष अर्जुनप्रसाद चौलगाईंलगायतले शिलान्यास समारोहलाई सम्बोधन गरेका थिए । बस्तीको प्रारम्भिक सर्भे तथा डिजाइन गर्न हुराडेक नेपाल दोलखा र सांसद क्षेत्र विकास कोषबाट आर्थिक सहयोगसमेत प्राप्त भएको उपभोक्ता समितिका अध्यक्ष अर्जुनप्रसाद चौलगाईंले बताए ।
–––

४ बर्ष अगाडि

प्रतिक्रिया