सञ्चार मन्त्रालयमा अख्तियारको छापा, बास्कोटाका कागजपत्र सिलबन्दी

४ बर्ष अगाडि

सेक्युरिटी प्रिन्टिङ मेसिन खरिदमा बार्गेनिङ्ग गर्ने निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाको निजी सचिवालयमा अख्तियारले छापा मारेको छ । 

अख्तियारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा छापा मारेर बास्कोटाका कागजपत्र सिलबन्दी गरेको छ । 

बिहीबार मन्त्रालय पुगेका अख्तियारका सादा पोशाकका प्रहरीले निजी सचिवालयको कागजात जफत गरी  मन्त्रीले प्रयोग गर्ने दराजमा रहेका कागजात सिलबन्दी गरेका छन् । 

बुधबार बेलुका मात्रै बार्गेनिङ्ग गरेको अडियो सार्वजनिक भएपछि बिहीबार बास्कोटाले मन्त्रीपदबाट राजीनामा दिएका थिए । 

पढ्नुहाेस् :

सञ्चारमन्त्रीको बार्गेनिङ्ग रेकर्ड गर्नेलाई साइबरक्राईम मुद्दा ! 

 
४ बर्ष अगाडि

प्रतिक्रिया