सञ्चारमन्त्रीको बार्गेनिङ्ग रेकर्ड गर्नेलाई साइबरक्राईम मुद्दा !

४ बर्ष अगाडि

संसदको सार्वजनिक लेखा समितिले सञ्चारमन्त्री गोकुल बास्कोटाले करोडौं बार्गेनिङ्ग गरेको अडियो रेकर्ड गर्ने विजय प्रकाश मिश्रलाई साइबरक्रामइम अन्तर्गत कारवाही गर्न निर्देशन दिएको छ । 

मिश्रले सेक्युरिटी प्रिन्टीङ प्रेसको खरिद प्रकृयामा निवर्तमान सञ्चारमन्त्री गोकुल बास्कोटासँग भएको बार्गेनिङ्गको अडियो सार्वजनिक गरेका थिए । 

लेखा समितिले साइबर क्राइम ब्युरोलाई पत्र लेख्दै  छलफलका क्रममा रहेको सुरक्षण मुद्रण स्थापना सम्बन्धी विचाराधीन रहेको विषयलाई अनावश्यक रुपमा सांसदहरुसँग जोडेर भ्रामक समाचार फैलाएउने  र चरित्र हत्या गर्ने प्रयास गरेकोले कारबाही गर्न निर्देशन दिएको हो । 

मिश्र सेक्युरिटी प्रिन्टीङ प्रेसको खरिद प्रकरणमा एजेन्टका रुपमा देखिएका व्यक्ति हुन् । आफूलाई स्वीस कम्पनीको एजेण्ड बताउने मिश्रसँग सञ्चारमन्त्री गोकुल बास्कोटाले कमिसन मागेकोअडियो सार्वजनिक भएको थियो । 

त्यसलगत्तै मन्त्री बास्कोटाले मन्त्रीपदबाट  राजीनामा दिइसकेका छन् ।  

त्यस्तै लेखा समितिले मिश्रसहित अर्का व्यक्ति प्रकाशकिशोर उपाध्यायलाई पनि कारबाही प्रकृया अगाडि बढाउन निर्देशन दिएको छ । उनले सामाजिक सञ्जालमा  समितिका सदस्यहरूकोे तस्वीर राखेर  ‘४ अर्ब खाएर जर्मन कम्पनीलाई ठेक्का दिन लागेको’ स्टाटस लेखेका थिए ।

पढ्नुहाेस् :

सञ्चार मन्त्रालयमा अख्तियारको छापा, बास्कोटाका कागजपत्र सिलबन्दी 

 
४ बर्ष अगाडि

प्रतिक्रिया