सुनको मुल्यमा इतिहासकै नयाँ रेर्कड: ७८ हजार नाघ्यो

४ बर्ष अगाडि

नेपाली बजारमा सुनचाँदीको मुल्यमा दिनहुँ नयाँ रेर्कड कायम हुदै गएको छ ।
आज साताको अन्तिम दिन सुनको मुल्य इतिहासकै महङगो भएको छ ।आज सुन ५०० ले बढेको छ ।

आज सुन प्रतितोला ७८ हजार १०० मा कारोबार भइरहेको छ भने सुन हिजो बिहीबार ७७ हजार ६ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महाँसघले जनाएको छ ।

महासंघका अनुसार सुनको मूल्य इतिहासमै सर्वाधिक मुल्य कायम भएको हो ।

यस्तै तृजावी सुन प्रतितोला ७७ हजार ८ सयमा कारोबार भएको छ ।त्यस्तै ,चाँदी भने आज स्थिर रहि प्रतितोला ९ सय १५ मा कारोबार भइरहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया