आजको मौसम पुर्वानुमान

फागुन १०, २०७६ | आजको अर्थ
ajaako_artha

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण देशभरको मौसम बदली भएको छ।

 अहिले देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

पूर्व तथा पश्चिमका थोरै स्थानमा हल्का वर्षा पनि भएको मौसमविदले बताएका छन् ।

शनिबार दिउँसो देशको पूर्वी भूभागसहित मध्य तथा पश्चिमका पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली हुनेछ । यस्तै बाँकी भूभागमा आंशिक बदली हुने मौसमविदले बताएका छन् ।


पूर्वी पहाडी क्षेत्रका थोरै स्थान, पश्चिमी तथा मध्य पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । पूर्वका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

राति देशभरका पहाडी क्षेत्रमा आंशिक बदली रही बाँही भेगको मौसम सामान्यतया सफा जनाइएको छ।
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२१.९०१२२.५०
European Euro१३२.५९१३३.२४
UK Pound Sterling१५०.७२१५१.४६
Swiss Franc१२५.५३१२६.१५
Australian Dollar७५.३६७५.७३
Canadian Dollar८७.०६८७.४९
Singapore Dollar८५.४३८५.८५