अमेरिकी र्‍यापर स्मोकको गोली हानेर हत्या

४ बर्ष अगाडि

एजेन्सी : अमेरिकी पप गायक पप स्मोकको गोली हानी हत्या भएको छ । उनको गत बुधबार भाडाको घरमा बसिरहेको अवस्थामा गोली हानी हत्या भएको हो । 


लस एन्जल्स प्रहरी विभागले उनको हत्याको कारण पत्ता नलागेपनि उनको नकावधारीहरुले हत्या गरेको खुलेको जानकारी दिएको छ । 


रिपोर्टका अनुसार अपराह्न ४ः३० बजे घटना भएको सिसि क्यामेरा फुटेजमा देखिएको छ । गोली लागेका पोपको अस्पताल लैजादैँ गर्दा मृत्यु भएको हो । 


उनको यही फेब्रअरी १२ मा नयाँ पप एल्बम ‘मिट दि वो २’ रिलीज भएको थियो । 

४ बर्ष अगाडि

प्रतिक्रिया