ओली जन्मदिन मनाउन जन्मघर जाने

४ बर्ष अगाडि

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार आफ्नो ६९ औँ जन्मदिन मनाउँदैछन् ।  ओलीले यसवर्ष आफ्नो जन्मघर तेह्रथुममा पुगेर जन्मदिन मनाउन लागेका छन् । 
जन्मदिन मनाउनका लागि उनी आइतबार बिहानै आफ्ना बुबा र श्रीमतीसहित तेह्रथुम जानेछन् । 
तेह्रथुमको आठराईस्थित इवामा ओलीको पुर्ख्र्यौली घर रहेको छ । सोही घरमा ओलीको जन्मदिनका लागि भनेर नै विषेश कार्यक्रमको आयोजना गरीएको छ । सो कार्यक्रमको चाँजोपाँजो नेकपा तेह्रथुमले मिलाएको बताइएको छ । 
त्यहाँ उनले विशेष समारोहलाई सम्बोधन गर्नुका साथै आफ्नो बालसखालाई भेट्न समेत कार्यक्रम रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया