यस्तो छ नागरिक लगानी कोषको लाभांश

४ बर्ष अगाडि

काठमाडौं – नागरिक लगानी कोषले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ ।

कम्पनीको बिहिबार बेलुका बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७५/७६ को मुनाफाबाट २३.१६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

कम्पनीले २२ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.१६ नगद लाभांश वितरण गर्नेछ । उक्त लाभांश कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।

कम्पनीले अघिल्लो वर्षको नाफाबाट पनि २२ प्रतिशत नै बोनस र कर प्रयोजनका लागि नगद लाभांश वितरण गरेको थियो ।

४ बर्ष अगाडि

प्रतिक्रिया