बैँक अफ काठमाण्डु लिमिटेडले निक्षेपको लागी नयाँ ब्याजदर घोषणा गरेको छ ।
आइतबार एक सुचना जारी गर्दै बैँकले आज देखी नै लागु हुने गरी नयाँ ब्याजदर घोषणा गरेको छ । नयाँ ब्याजदर अनुसार बैँकले बिभिन्न बचत खाताहरुमा ५ देखी ६ प्रतिशतसम्म ब्याज दिने छ ।
त्यसमध्ये सजिलो बचत खाता,ग्राहक बचत खाता ,पेन्सन बचत खाता आदिमा ४ प्रतिशत ब्याज निर्धारित गरेको छ । त्यस्तै बैँक अफ काठमाण्डु प्रिमियम तलब , बैँक अफ काठमाण्डु लगानीकर्ता ,विद्यार्थी बचत खाता लगायतका खाताहरुमा ६ प्रतिशत ब्याज घोषणा गरेको छ ।
यस बाहेक अन्य खाताहरुमा भने ४ देखी ६ प्रतिशतको ब्याज दिने कम्पनिले निर्धारण गरेको छ ।
प्रतिक्रिया