भ्रष्टाचारको पोल खोल्नेलाई साइबरक्राईम मुद्धा

४ बर्ष अगाडि

जर्मन कम्पनीसँग सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा संसदको लेखा समितिका सदस्यहरुको मिलेमतो भएको पोल खोल्ने व्यक्तिलाई साइबरक्राईमको मुद्धा लगाइएको छ । 

गत बिहीबार लेखा समितिले करिब ४० अर्ब रुपैयाँमा जर्मन कम्पनीलाई ठेक्काका लागि स्विकृति दिन लागेको कुरा सार्वजनिक गर्ने विजय प्रकाश मिश्रविरुद्ध आइतबार साइबर क्राइमको उजुरी दर्ता गरेको हो ।

मिश्रले स्वीस कम्पनीले बिल्डिङसहित करिब २८ अर्बमा स्थापना गर्ने भनेको सेक्युरिटी प्रेस जर्मन कम्पनीबाट करिब ४० अर्बमा स्थापना गरि ४ अर्ब ८० करोड रकम कमिशन खान खोजेको कुरा सार्वजनिक गरेका थिए । 

उनले निवर्तमान सञ्चारमन्त्री गोकुल बास्कोटाले कमिसनको लागि बार्गेनिङ्ग गरेको अडियो समेत सार्वजनिक गरिदिएका थिए । आफूले अडियो सार्वजनिक नगरेको भए लेखा समितिका केही सदस्यको मिलेमतोमा सरकारलाई प्रेस खरिदका लागि अनुमति दिने मिश्रको दावी थियो । 

मिश्रले सोही कुराको पोल खोलेपछि रुष्ट बनेको लेखा समितिको बैठकले ३ दिन अघि नै प्रहरीको साइबर क्राइम ब्यूरोको नाममा छानविन गरेर कारवाहीका लागि पत्राचार गरेको थियो ।

तर प्रहरीको त्यस किसिमको छुट्टै ब्यूरो नभएका कारण प्रहरी मुख्यालयमा आइतबार अर्को उजुरी दर्ता गरिएको हो । प्रहरी मुख्यालयमा रहेको साइबर अपराध हेर्ने शाखामा उजुरी दर्ता गरेको पाण्डेले बताए । मिश्रले उक्त अडियो बाहिर ल्याएर भ्रष्टाचार हुनबाट रोक्न खोजेको बताएका थिए । 

अडियो सार्वजनिक गरेपछि मन्त्री बास्कोटाले राजीनामा दिएका छन् । 

४ बर्ष अगाडि

प्रतिक्रिया