छिम्केश्वरी पर्यटन तथा सांस्कृतीक महोत्सव हुने

४ बर्ष अगाडि

आन्तरिक पर्यटन प्रवद्र्धन तथा धार्मिक तथा सांस्कतिक सम्पदाहरु बारेमा जानकारी दिने उद्देश्य सहित छिम्केश्वरी पर्यटन तथा सांस्कृतिक महोत्सव २०७६ हुने भएको छ ।

तनहुँको आँवुखैरेनी गाउँपालिका(५ छिम्केश्वरीमा फागुन २५ गतेबाट महोत्सव गर्न लागिएको हो । महोत्सव तीन दिनसम्म चल्नेछ ।

छिम्केश्वरी उकाली खुल्ला दौड प्रतियोगिता, छिम्केश्वरी पदयात्रा, लाब्दी-हिलेखर्क होमस्टे मितेरी दौड प्रतियोगिता महोत्सवको मुख्य आकर्षण रहेको सोमबार पत्रकार सम्मेलन गरी आयोजकले जनाएको छ ।

‘दुई गाउँबीचको सम्बन्ध थप सुमधुर बनाउन होमस्टेबीच दौड प्रतियोगिता गर्न लागेका हौ,’ छिम्केश्वरी पर्यटन विकास समितिका सल्लाहकार हरिसिंह गुरुङले भने, ‘प्रतियोगितामा महिलाहरु मात्र सहभागी हुन पाउनेछन् ।’

यो क्षेत्रमा रहेको होमस्टे प्रवर्द्धनका गर्ने उदेश्य पदयात्राको रहेको उनको भनाइ छ । महोत्सव पश्चात पनि पदयात्राको कार्यक्रम जारी रहने बताइएको छ ।

कृषी तथा वन पैदावार को प्रद्धर्शनी, राष्ट्रिय एवम् स्थानीय कलाकारहरुको सांस्कृतिक कार्यक्रमलगायतका गतिविधि महोत्सवमा हुने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

महोत्सव सम्पन्न गर्न करिव १३ लाख लाग्ने अनुमान गरिएको जनाइएको छ ।भन,े करिब २५ लाख बराबरको कारोबार हुने अपेक्षा गरिएको उनले बताए । महोत्सवको तीव्र रुपमा तयारी भइरहेको आयोजकले जनाएको छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया