पैसा ठिक पार्नुस , लिवर्टी इनर्जीले साँढे ३७ करोड बराबरको साधारण शेयर बिक्री गर्दै

४ बर्ष अगाडि

काठमाडौं । लिवर्टी इनर्जी कम्पनी लिमिटेडले प्राथमिक सेयर निष्कासन गर्नका लागि अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई रु ३७ करोड ५० लाख बराबरको ३७ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति दिएको हो ।

आईपीओ निष्कासन तथा बिक्री प्रवन्धकमा एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ ।  कम्पनीले २५ मेगावाटको माथिल्लो दोर्दी ए जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

आयोजनाको काम  चैत अन्तिमसम्म पुरा हुने भएको छ ।आयोजना बनाउन रु ४ अर्ब ६३ करोड लाग्ने अनुमान गरिएको छ ।  प्रतिमेगावाट लागत रु १८ करोड ५४ लाख पुगेको छ ।

आयोजनाबाट वार्षिक १३ करोड ६७ लाख ८४ हजार युनिट बिजुली उत्पादन हुने छ । आयोजनाबाट बिजुली उत्पादन भएपछि प्रभावित स्थानीयबासिन्दालाई १० र सर्वसाधारणलाई गरी २५ प्रतिशत आईपीओ निष्कासन गर्न लागेको हो ।

 
 

४ बर्ष अगाडि

प्रतिक्रिया