नेकपाले माग्यो स्पष्टीकरण

४ बर्ष अगाडि

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रदेश २ का पार्टी अध्यक्ष एवं केन्द्रीय सदस्यलाई स्पष्टीकरण सोधेको छ । 

पार्टीका महासचिव विष्णु पौडेलले अध्यक्ष साहलाई सोधेको पत्रमा भनिएको छ, तपाईले पार्टीका वरिष्ठ नेता कमरेड माधव नेपालका विरुद्धमा समाजिक सञ्जालमार्फत अनुचित र आधारहीन आरोप लगाउनुको कारण के हो ? तपाईलाई पार्टीले किन कारवाही नगर्ने ? केन्द्रीय सचिवालयको निर्णय अनुसार तपाईलाई स्पष्टीकरण सोधिएको छ ।’

शनिवार बसेको सचिवालय बैठकले अध्यक्ष साहलाई स्पष्टीकरण सोध्ने निर्णय गरेपनि पत्र हिजो पठाएको छ । अध्यक्ष साहले आफूलाई स्पष्टीकरण सोधिएको पत्र प्राप्त भएको छ तर त्यस बारेमा अहिले कुनै टिप्पणी नगर्ने बताए । 

अध्यक्ष साहले केही दिनपहिले ललिता निवास जग्गा प्रकारणको बारेमा अभिव्यक्ति दिएका थिए । नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छदारलगायतका पूर्व मन्त्रीहरुमाथि अख्यितार दुरुपयोग आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि अध्यक्ष साहको प्रतिकृया आएको थियो । ललिता निवास जग्गा प्रकरणमा प्रस्तावक मन्त्री दोषी र निर्णयकर्ता प्रधानमन्त्री निर्दोष, यो कसरी यो कहाँको न्याय हो भनि उनले प्रश्न गरेका थिए ।

४ बर्ष अगाडि

प्रतिक्रिया