आइसिएफसि फाइनान्सको ऋणपत्र बिक्री खुला

४ बर्ष अगाडि

आइसिएफसि फाइनान्सले आजबाट ऋणपत्र बिक्रि खुला गरेको छ  ।  

कम्पनीले १ हजार रुपैयाका दरले कुल २ लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो ।

उक्त ऋणपत्र १२ प्रतिशत व्याजदर दिने गरी निष्काशन गरिएको छ । 

कम्पनीले व्यक्तिगत तवरमा १ लाख २० हजार कित्ता, ७६ हजार कित्ता सर्वसाधारणलाई र  ४ हजार सामुहकि लगानी कोषका लागि छुट्याएको छ ।

उक्त ऋणपत्रमा छिटोमा फागुन १६ गते र ढिलोमा फागुन २७ गतेसम्म आवेदन दिन सकिनेछ ।

ऋणपत्रमा न्युनतम २५ कित्ता र अधिकतम ७६ हजार कित्ताको लागि आवेदन दिन सकिनेछ भने ऋणपत्रको विक्री प्रबन्धक ग्लोवल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया